पैसा तिर्न नसक्ने भन्दै घर फर्काइएका कोरोना संक्रमीतको मृ’त्यु

कोरोना विशेष समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

सिन्धुली : कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट सिन्धुलीमा थप एकको मृ त्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ५ जरायोटारका ४८ वर्षीय एक पुरुषको मृ त्यु भएको हो । यो सँगै सिन्धुलीमा कोरोना संक्रमणबाट मृ त्यु हुनेको संख्या २ पुगेको छ । ****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

सिन्धुली अस्पतालमा उपचारका क्रममा ती पुरुषको बिहीबार बिहान ३ बजे मृ त्यु भएको सिन्धुली अस्पतालका अध्यक्ष प्रलाद पोखरेलले जनाकारी दिए । एक सातअघि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि काठमाडौंस्थित केएमसी अस्पताल भर्ना भएका ती पुरुषको आर्थिक अभावका कारण उपचार सम्भव नभएपछि फर्काएर बुधबार सिन्धुली अस्पताल ल्याइएको थियो ।

‘राती १० बजे सिन्धुली ल्याइएको थियो । बिहीबार बिहान मृ त्यु भयो,’ पोखरेलले भने । काठमाडौंमा भ्यान्टिलेटरमा राखेर उपचार गर्दा दैनिक ४० हजार बढी खर्च हुन भएपछि उपचार खर्च व्यवस्थापन गर्न नसकेपछि सिन्धुली फर्काइएको मृ त कका आफन्तले जनाएका छन् । ****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *