जसले लकडाउनमै २० हजार बिरामीलाई अस्पताल पुर्याए !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

सुभाषले गाडी चलाउने, बिरामीको घरसम्म जाने, उनीहरुलाई अस्पताल पुर्‍याउने काममा आफूसँगै बुढानिलकण्ठकै अन्य साथीहरु सुधीर रेग्मी, राज श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठलाई पनि जोडे। पछि अशोक लामा पनि थपिए। बिरामीको चाप बढ्दै गएपछि दुई गाडी थपिए। जसमा नारायण श्रेष्ठ र दीपेन्द्र खड्का थपिए। सातमध्ये पाँच गाडी सुभाषका हुन भने बाँकी दुई गाडी साथीहरुका हुन्। सुभाषले सामाजिक सञ्जालमा राखेको सूचना एकैछिनमा भाइरल भयो। उक्त स्टाटसमात्रै ५ हजार दुई सय बढीले सेयर गरेका छन्। मिडिया र पत्रपत्रिकामा पनि खबर आएपछि दैनिक सयौं बिरामीको फोन आफूहरुलाई आउन थालेको सुभाष बताउँछन्। **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

‘बिरामी र आफन्तको फोनले मोबाइल कुनै बेला शान्त हुन पाउँदैैनथ्यो। उपत्यका भित्रमात्रै एउटा गाडी दिनमा ३ सय देखि ५ सय किलोमिटर कुद्थ्यो,’ सुभाष भन्छन्, ‘पहिलो महिनामात्रै हामीले १४ सय बिरामी उपत्यकाका कुनाकुनाबाट अस्पताल पुर्‍याएका थियौं। चार महिनाको लकडाउन र पछिल्लो निषेधाज्ञा गरी अहिलेसम्म २० हजार बढीलाई अस्पताल पुर्‍याइसकेका छौं।’

बिरामीको फोन आएपछि पहिले उनीहरुले आफूमध्ये को कहाँ छन् ठम्याउँथे। त्यसपछि जसको पायक पर्छ त्यही बिरामी लिन जान्थे। यसक्रममा उपत्यकाका कुनै अस्पताल चाहर्न बाँकी नरहेको उनी बताउँछन्।**** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *