जे सुकै गर मैले राजीनामा दिन्न, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो: ओली

राजनीति
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

जे सुकै गर मैले राजीनामा दिन्न, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो: ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफु विरुद्ध भइरहेका गतिविधिका बारेमा कुनै जानकारी नभएको बताएका छन् । उनले कसैले विरोध गर्दैमा राजिनामा पनि नदिने स्पष्ट पारेका छन् । केही दिन यता सार्वजनिक कार्यक्रममा पनि देखिन थालेका प्रधानमन्त्री ओलीले बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै यस्तो बताएका हुन् । ****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

सञ्चारमाध्यममा हल्ला फैलिएको छ राजीनामाका बारेमा तर मैले किन राजिनामा दिने ? प्रधानमन्त्री ओलीले भने मैले राजिनामा दिनु भनेको देशलाई बार्बादीतिर लान दिनु हो । उनले केही ब्यक्तिहरुमा जे कुराको पनि विरोध गर्ने शैली भएकाले त्यही गरिरहेको प्रतिकृया दिएका छन् ।

उनले यस्तो बेलामा आफुले राजिनामा दिनै नहुने बताएका छन् । जनताको बहुमतले प्रधानमन्त्री बनेको भन्दै कसैले चाहदैमा राजिनामा नदिने स्पष्ट पारेका छन् । देशलाई बर्बादीतिर जानवाट वचाउन पनि आफुले राजिनामा नदिने उनले बताएका छन् ।

बाहिर के भइरहेको छ भन्ने बारेमा आफुले चासो नराखेको र त्यसबारे थाहा पनि नभएको टिप्पणी गरेका छन् ।
“बाहिर तयारी गर्दैछन् भन्ने सुनेको छु के को तयारी हो ? तर त्यसले केही पनि हुने वाला छैन ।

मेरा करले होइन, जनताको आवश्यकता र समर्थनले म प्रधानमन्त्री भएको हो । उनले अस्थिरताको खेती गरिरहने आदत केहीमा भएकाले त्यसैको परिणाम भएको बताएका छन् । आफुले मुलुकमा स्थिरताका लागि काम गर्ने भएकाले त्यस्ताको पछि पनि नलाग्ने बताएका छन् ।****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *