BREAKING: स्मार्ट छोरी कार्यविधी पारीत, सरकारले प्रत्येक छोरीलाई मासिक एकसय रुपैयाँ दिने ।

राजनीति समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Breaking News : स्मार्ट छोरी कार्यविधी पारीत: प्रत्येक छोरीलाई मासिक एकसय । हेर्नुहोस् पुरा विवरण ।
१९ कात्तिक । दाङ तुलसीपुर उपमहानगरपालिकाले प्रत्येक छोरीलाई मासिक एकसय रुपैँया दिने गरि कार्यविधी पारीत गरेको छ । छोरीहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना १ सयका दरले बैक खातामा रकम जम्मा गर्ने गरि कार्यपालिकाको ९५ औं बैठकले कार्यविधी पारीत गरेको हो । ****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

‘स्मार्ट छोरी, विहेबारी बीस वर्षपारी’ कार्यविधि पारित गरेसँगै यो लागु हुने भएको छ । उपमहानगरपालिकाले २०७७ साउन १ गतेपछि जन्मिएका उपमहानगरपालिका भित्रका हरेक छोरीहरुको र्बैक खातामा रकम जम्मा गर्ने उपप्रमुख माया शर्माले जानकारी दिइन् । त्यसकालागि चालुआर्थिक बर्षमा बजेट समेत छुट्याईएको छ ।

यो सुविधा लिनकालागि छोरी जन्मिएको ३५ दिन भित्रमा अभिभावकले वालिकाको जन्मदर्ता गराएको हुनुपर्ने, बैकमा खाता खोलेर खाता नम्वर उपमहानगरपालिकालाई उपलब्ध गराउनुपर्ने कार्यविधीमा उल्लेख गरिएको उपप्रमुख शर्माले बताइन् ।

जन्मेको पहिलो महिनामा एक हजार दुई सय रुपैया र त्यसपछि हरेक महिना १ सयका दरले खातामा रकम जम्मा हुने उपप्रमुख आचार्यको भनाई छ । बालिकाको नाममा खोलेको उक्त खातामा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । बालिका २० वर्ष पुगेपछि एकमुष्ट रुपमा मात्रै रकम निकाल्न सकिने प्रावधान रहेको छ । त्यसकालागि २० वर्ष नपुग्दासम्म विहे नगरेको र अनिवार्यरुपमा माध्यमिक तहसम्म अध्यापन गरेको हुनुपर्ने उपप्रमुख आचार्यले बताईन् ।

वाल विवाह गरेमा भने त्यो रकम सरकारी खातामा फिर्ता हुनेछ । तत्काललाई मासिक १ सय रुपैया जम्मा गर्ने भएपनि आवश्यकता अनुसार कार्यविधि परिवर्तन गरेर रकम वढाउन सकिने उमेत उपप्रमुख आचार्यको भनाई छ । कार्यविधि अनुसार समय अगावै बालिकाको मृत्यु भएमा, कडा रोग लागेर माध्यमिक तह पुरा गर्न नसकेमा, संरक्षकको मृत्यु भई आर्थिक कठिनाई भएमा भने खातामा जम्मा भएको रकम सबै दिनुपर्ने उल्लेख छ ।****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *