गरिबलाई सार्वजनिक स्थलमा खाना खुवाउदा सरकारको बेइज्जत भयो …

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १७ कात्तिक । काठमाडौं महानगरपालिकाले प्रहरी परिचालन गरेर नि:शुल्क खाना खुवाउने अभियान प्रतिबन्ध लगाएको छ । सार्वजनिक स्थलमा खाना खुवाउदा सरकारको बेइज्जत भएको भन्दै प्रहरी नै खटाएर प्रतिबन्ध गरेको हो ।अहिलेको अवस्थामा सडकमा खाना खुवाउनु पर्ने अवस्थाका मानिसहरु नभएको तथा यदी भइहाले सरकारको तर्फबाट मानव सेवा आश्रममार्फत त्यस्ता मानिसहरुको उद्धार गरेरे व्यवस्थापन गरिरहेको महानगरको दावी छ ।
.
त्यस्तै सडकमा खाना खानुपर्ने अवस्थामा मानिस बाहेक अन्य मानिस अरुपनि खाना बाँड्दै गरेको ठाउँमा आएर खाने गरेकोले नि:शुल्क खाना अभियान महानगरले प्रतिबन्ध लगाएको जनाएको छ ।महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको निर्देशनमा खटिएका प्रहरीहरुले केहि दिन अघिबाट अभियान्ताहरुलाई निशुल्क खाना अभियान बन्द गराइरहेका छन् । महानगरपालिकाले खाना खुवाउने भए होटल तथा पार्टी प्यालेसहरुमा लगेर खाना खुवाउन अनुरोध गरेको छ ।

सार्वजनिक तथा सडकहरुमा खाना खुवाउदा फोहोर हुने र सरकारको बेइजत हुने महानगरको भनाइ छ । कोरोना महामारी फैलिएपछि रोजगारी गुमाएर खाना खान नपाएकाहरुलाई केही अभियान्ताका साथै कलाकारहरुलेसमेत काठमाडौंका खुलामञ्च तथा खाली भागहरुमा बसाएर खाना खुवाउने व्यवस्था मिलाइरहेका थिए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *