चर्चित बालरोग विशेषज्ञ डा. निलम अधिकारीको नि’धन

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

 काठमाडौं – चर्चित बालरोग विशेषज्ञ डा. निलम अधिकारीको नि’धन भएको छ । क्यान्सर पी’डित अधिकारीको आइतबार निधन भएको हो । डा. अधिकारीको ग्वार्कोस्थित निवासमा नि’धन भएको हो । लामो समय पाटन अस्पतालमा प्रक्टिस एवं पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापनसमेत गरेकी डा. अधिकारी बालरोग विभागको विभागीय प्रमुखसमेत थिइन् ।

स्वास्थ्य मन्त्रालयले सन् २००९ मा स्थापना गरेको खोपपश्चात् हुने अवाञ्छित घ’टना अनुसन्धान समितिको संस्थापक अध्यक्ष थिइन् ।डा. अधिकारी यस्तै प्रकारको खोपसम्बन्धी विश्व सल्लाहकार समितिको पूर्व उपाध्यक्ष समेत हुन ।अवकासपछि बिएण्डबी अस्पतालमा प्राक्टिस गर्दै आएकी थिइन् ।

नेपालमा बाल रोग र खोप क्षेत्रमा डा. अधिकारीको योगदान अतुलनीय छ ।रोग विशेषज्ञहरु डा. अधिकारी शालीन तथा मेडिकल इथिक्समा अत्यान्तै सचेत एवं मेहनती चिकित्सकको रुपमा लिन्छन् । डा.अधिकारीका श्रीमान् चिकित्साशास्त्र अध्ययान संस्थान (आइओए)का पूर्व डिन डा. रमेशकान्त अधिकारी हुन् । अधिकारी दम्पतीका एक छोरा र एक छोरी छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *