दुई लाखमा किनेको भैँसी ८१ लाखमा बिक्री, दूधकाे विश्व रेकर्ड !

रोचक विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई लाखमा किनेको भैँसी ८१ लाखमा बिक्री, दूधकाे विश्व रेकर्ड
एजेन्सी- सबैभन्दा धेरै दूध दिएर विश्व रेकर्ड राखेको भारतको एक भैँसी भारु ५१ लाख (नेपाली ८१ लाख ६० हजार) मा बिक्री भएको छ। हरियाणाका किसान सुखवीर सिंहले पालेको मुर्रा जातको भैँसी सोमबार यति ठूलो मूल्यमा बिक्री भएको हो। **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

सरस्वती नाम दिइएको उक्त भैँसीले ३३.१३१ किलो दूध दिएर एक पाकिस्तानी भैँसीको धेरै दूध दिने विश्व रेकर्ड तोडेको थियो। यसअघि पाकिस्तानी कृषकले पालेको भैँसीले ३२.०५० किलो दूध दिएर विश्व रेकर्ड राखेको थियो। सरस्वती भैँसी लुधियानाका पवित्र सिंहले खरिद गरेका छन्। कुनै समय एक करोड रुपैयाँमा पनि बिक्री नगरेका सुखवीरले भैँसी चोरिने डर भएपछि ८१ लाख ६० हजारमा बिक्री गरेका हुन्।

भैँसी बेच्नुअघि किसानले एउटा कार्यक्रम राखेका थिए। जसमा राजस्थान, युपी, पञ्जाबलगायतका ठाउँबाट करिब ७ सय किसान सहभागी भएका थिए। सुखवीरका अनुसार उनले चार वर्षअघि बरवाला जिल्लाको खोखा गाउँका किसान गोपीरामबाट उक्त भैँसी २ लाख ८ हजारमा खरिद गरेका थिए।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *