Breaking: अब भर्ना हुनुअघि नै २ लाख रुपैयाँ जम्मा नगरे कोरोनाको उपचार नहुने

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

अब भर्ना हुनुअघि नै २ लाख रुपैयाँ जम्मा नगरे कोरोनाको उपचार नहुने”

काठमाडौं। कोरोना संक्रमितको उपचार शुल्कमा केही पछिल्लो समय अस्पतालहरुको मनपरी बढेको छ। अस्पतालहरूले कोरोना संक्रमितलाई उपचार गर्नुभन्दा अघि नै रकम जम्मा गर्नुपर्ने सूचना जारी गर्न थालेका छन्। काभ्रेको धुलिखेल अस्पतालले कोरोना संक्रमितलाई भर्ना गर्नुअघि दुई लाख रूपैयाँसम्म नगद धरौटी राख्न सूचना जारी गरेको छ। अस्पताल प्रशासनले कात्तिक ३ गते जारी गरेको सूचनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार भन्दै संक्रमितलाई भर्ना हुनुअघि अस्पतालको नगद शाखामा धरौटी राख्न भनेको हो। ****सुदुर समाज ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस****

अस्पतालले सामान्य लक्षण भएकालाई ५० हजार, मध्य जटिल बिरामीसँग एक लाख र आईसीयूमा राख्नुपर्ने बिरामीसँग २ लाख रूपैयाँ धरौटी माग गरेको छ। त्यसमा औषधि तथा रोग निदानमा प्रयोग हुने जाँच, औषधी र अक्सिजन प्रयोग गरेको खण्डमा थप रकम लाग्ने बताइएको छ। सामान्य लक्षण भएकालाई दिनमा तीन हजार ५००, मध्य जटिल समस्या भएकालाई सात हजार ५०० र आईसीयूमा भर्ना गर्नुपर्ने बिरामीलाई १५ हजार शुल्क लाग्ने अस्पतालले जनाएको छ।

उक्त रकमबाटै अस्पतालले खाना खुवाउनेछ। सरकारले कात्तिक २ गतेदेखि कोरोना संक्रमतिको निःशुल्क उपचार नगर्ने जनाएको थियो। अहिले सरकारले आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरूमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्दै आएको छ। यसअघि निजामती कर्मचारी अस्पतालले पनि अग्रिम रकम भुक्तानी गर्न भन्दै सूचना निकालेको थियो।****सुदुर समाज ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *