गोकुल बाँस्कोटामाथि अनुसन्धान गर्न प्रमाण पुगेन: अख्तियार

राजनीति समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ – सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका पूर्वसञ्चारमन्त्री एवं नेकपा सांसद गोकुल बाँस्कोटामाथि थप अनुसन्धान नहुने सङ्केत मिलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोकुल बाँस्कोटामाथि थप छानविन गर्न पर्याप्त प्रमाण नपुगेको बताएसँगै गोकुल बाँस्कोटामाथि थप अनुसन्धान नहुने सङ्केत देखिएको हो। अख्तियारले संसदको सार्वजनिक लेखा समिति एक पत्र पठाउँदै बाँस्कोटा माथि अनुसन्धान गर्न आवश्यक पर्ने प्रमाण फेला नपरेको जानकारी गराएको छ। अख्तियारले पठाएको पत्रमा विजयप्रसाद मिश्रको अडियो र भिडियो पूर्ण प्राप्त नभएको उल्लेख गरिएको छ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *