जनताले आफ्नै खर्चमा उपचार गर्नुपर्ने, सांसदको उपचार खर्च २०० प्रतिशतले बढ्यो !

राजनीति
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

४ कात्तिक, काठमाडौं । संघीय सांसदको उपचार खर्च २०० प्रतिशतले बढेको पाइएको छ । गत आर्थिक वर्ष (२०७६/०७७) को पहिलो तीन महिना (साउन, भदौ र असोज)मा ४३ जना सांसदले ६ लाख १० हजार १६ रुपैंया ५७ पैसा उपचार खर्च लिएकामा चालु आवको पहिलो तीन महिनामा २० जनाले १२ लाख २६ हजार ८८ रुपैयाँ लिएका छन् । **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

यो गत वर्षको तुलनामा २०० प्रतिशत बढी हो । यो तथ्याङ्कमा नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमित सांसदको उपचार खर्च जोडिएको छैन । स्मरणीय के छ भने सरकारले सर्वधारणको कोरोना उपचार खर्च नब्यहोर्ने निर्णय गरेपनि सांसद-मन्त्रीहरूले सरकारी ढुकुटीबाटै कोरोना उपचार गराउँदै आएका छन् । संसद सचिवालयका अनुसार हालसम्म १९ सांसदलाई कोरोना संक्रमण भएको छ ।

हामीलाई प्राप्त विवरण अनुसार, २८ असोजमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएका लिलानाथ श्रेष्ठले असोज २१ गते ९ हजार ३७० रुपैयाँ उपचार खर्च लिएको देखिन्छ । नेकपाकी सांसद नविना लामाले त्यही दिन १ लाख ३७ हजार ६४० रुपैयाँ उपचार खर्च लिएको देखिन्छ । **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *