मेरो खा’तामा दशैँ भत्ता आयो, जनप्रतिनिधिले भत्ता नलिने व्यवस्था गरियोस: भीम रावल

राजनीति
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद भीम रावलले कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गर्न माग गरेका छन् । कोरोना महामारीका बेला सांसद तथा निर्वाचित जनप्रतिनिधिले दशैँ भत्ता लिएको भन्दै सामाजिक संजाल र मिडियामा आलोचना भइरहेका बेला नेता रावलले यस्तो बताएका हुन् । *** यो समाचारको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

सामाजिक संजालमा टिप्पणी गर्दै नेता रावलले आफ्नो खातामा दशैँ भत्ताको रकम आएको स्वीकार गरेका छन् । उनले आफ्नो खाताबाट भत्ताको रकम कट्टा गर्न आफ्नो मन्जुरी रहेको बताएका छन् । साथै नेता रावलले दशैँ भत्ताको रकम नलिन कुनै कानुन संशोधन या नयाँ कानुन बनाउन नपर्ने समेत बताएका छन् ।

उनले भनेका छन् –
‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो ।हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस् ।सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ ।मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ । दसैं भत्ताको रकम नलिन कुनै कानून संशोधन गर्न वा नयाँ कानून बनाउनु पर्दैन । खरिबोट बाट *** यो समाचारको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *