चाडपर्व नजिकिदै गर्दा ओलि सरकारले बनायो यस्ता कडा मापदण्ड, पालना नगर्नेलाइ कडा सजाय हुने !

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

चाडपर्व नजिकिदै गर्दा ओलि सरकारले बनायो यस्ता कडा मापदण्ड, पालना नगर्नेलाइ कडा सजाय हुने !

काठमाडौँ, २४ असोज । सरकारले यो वर्षका चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा चाडपर्व मनाउनेहरुका लागि मापण्ड सार्वजनिक गरेको हो । सरकारले जारी गरेको मापण्ड पालना नगर्ने व्यक्तिलाई सरकारले संक्रमण रोग ऐन, २०२० अन्तरगत कारबाही गर्ने जनाएको छ ।दसैं तथा अन्य जात्रा तथा पर्वमा प्रसाद तथा टीका सकेसम्म वितरण नगर्न मन्त्रालयले भनेको छ । टीका तथा प्रसाद वितरण गर्नै परे कार्यक्रममा परिवारको एकजना मात्रै सहभागी हुनुपर्ने, सकेसम्म आयोजकले घरमै प्रसाद वितरण गर्नुपर्ने मन्त्रालयले भनेको छ ।एउटै घरका व्यक्तिबाहेक अरुसँग भेट नगर्ने र गर्नै परे दुई मिटरको दूरी कायम गर्नु पर्ने मन्त्रालयले जनाएको छ । सकैसम्म घरको परिवार मात्रै बसेर चाडपर्व माउन आग्रह गरिएको छ । देवीदेवताका मूर्तिहरु नछुन आग्रह गर्दै मन्त्रालयले सार्वजनिक स्थालमा नथुक्न भनेको छ । पैसाको कारोबार गर्दा सकेसम्म विद्युतीय माध्यमको प्रयोग गर्नुपर्ने मापदण्डमा उल्लेख छ । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *