Breaking: भोली कार्तिक २ गते देखी १ महिना लकडाउन !

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं- कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिएसँगै सरकारले फेरि काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ गर्ने तयारी गरेको छ।दसैं नजिकिएसँगै काठमाडौं छाड्ने र भित्रिनेको संख्या अत्याधिक मात्रामा बढ्ने भएकाले सरकारले पुन: काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ गर्न लागेको हो। यस विषयमा सोमबारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग सबैभन्दा धेरै संक्रमित रहेको काठमाडौं उपत्यकाको सन्दर्भमा के गर्ने भनेर राय मागेका थिए । मन्त्रीहरुले कोरोना नियन्त्र’णका लागि काठमाडौं आवतजावतमा कडाइ गर्न सुझाव दिएका छन् ।मन्त्रीहरुले सुझाव दिए पनि कुनै निर्णय भने नभएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार यसबारेमा सीसीएमसीले प्रस्ताव ल्याउनुपर्नेछ । तर सीसीएमसीका तर्फबाट कुनै पनि प्रस्ताव नआएकाले निर्णय नभएको उनको भनाइ छ ।देशभर जति सक्रिय सं’क्रमित छन् त्यसको आधाभन्दा धेरै काठमाडौं उपत्यकामा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक महिनायता दिनहुँ देशभर भेटिने संक्र’मितको आधाभन्दा बढी काठमाडौंमा भेटिने गरेको छ।सोमबार ४ हजार ४७ जनामा सं’क्रमण पुष्टि हुँदा उपत्यकामा मात्रै २ हजार २ सय ७३ जना संक्र’मित फेला परेका थिए । **** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *