पोखरामा बेखर्ची भएका पारसले जव म्यानेजरलाई मु क्का बर्साए ….

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्रका बालसखा प्रभाकर राणालाई जब पारसको खबरले झस्कायो, तब उनी स्त’व्ध भए । प्रभाकरले सोचेका थिएनन्, पारस अहिले पनि कोहीमाथि जाइलाग्छन् ।घटना पोहोरकै हो । पूर्वयुवराज पारसलाई पोखरामा पैसाले साह्रै मुस्किल भएपछि बाबु ज्ञानेन्द्रलाई फोन गरे । उनले साथी प्रभाकरलाई फोन गर्न भनेअनुसार पारसले त्यसै गरे ।

पारसले आफूलाई बुबाले फोन गर्न भनेको कुरा सुनाउनेबित्तिकै यताबाट प्रभाकरले भने, ‘सरकार फिस्टेल लजमा सवारी होस्, मैले त्यहाँ भनिदिएको छु ।’फोनमा यति–उति पैसा भन्ने तय भएको थिएन, पारसले पनि सोधेनन् । सीधै लेकसाइडस्थित फिस्टेल लजको काउन्टरमा पुगे । त्यहाँ थिए, म्यानेजर । पारसलाई देख्नेबित्तिकै उनले एउटा कागजमा बेरेर राखिएको मुठो दिए ।

पारसले कागज खोलेर हेरे, एक–एक लाखको दुईवटा गड्डी देख्नासाथ मुख बिगारे । अनि, आफूमाथि अपमान भएको भन्दै म्यानेजरलाई मु क्का बर्साउन थाले । उनको नाकबाट र ग त बग्यो । पारस पैसा त्यहीँ फ्याँ’केर निस्किए । अनि, म्यानेजरले प्रभाकरलाई फोनमा यस्तो घटना सुनाए । सुन्नासाथ प्रभाकरले मुख बिगारे, तर जवाफ दिएनन् । किनभने, उनले फोन रिसिभ गरिरहँदा अगाडि पञ्चायतकालिन दुई जना मन्त्री थिए ।

त्यसपछि प्रभाकर केही पर, एकान्तमा पुगे ।लगभग १०–१५ मीनेट कोहीसँग फोनमा कुरा गरेर साथीहरू भएको ठाउँमा फर्किए । त्यसबेलासम्म पनि उनको अनुहार राम्रोसँग खुल्न सकेको थिएन । त्यहाँ बस्नेहरूको अनुमान थियो– कि त प्रभाकरले ज्ञानेन्द्रलाई फोन गरेर पारसको हर्कतबारे सुनाए । कि, फेरि फिस्टेलमा फोन गरेर पारसले भनेजति पैसा दिन लगाए । जनआस्था साप्ताहिकबाट


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *