छोराको उपचारको लागि ऋण लिएको पैसा र सुन सहित हराएको झोला आधा घण्टामै प्रहरीले पत्ता लगाएपछि

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । ईलाका प्रहरी कार्यालय कटारी उदयपुरले नगद २ लाख ६९ हजार र ३ आना सुनसहित हराएको झोला एक घण्टा नवित्दै पत्ता लगाएको छ ।शुक्रबार दिउँसो कटारी ७ का ३१ वर्षीया सविना दनुवारले सहकारीबाट ऋण लिएकी नगद र सुन करिब ४ः४५ बजे हराएपछि सविनाले गस्तीमा रहेका प्रहरीलाई खबर गरेकी थिइन् । ***थप भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***,

खबर पाएसँगै तत्कालै प्रहरीले खोजतलास गरी आधा घण्टामै फेला पारेपछि ईलाका प्रहरी कार्यालयमै बोलाएर सविनालाई जिम्मा लगाइएको कार्यालयका प्रहरी निरीक्षक जीवन बोगटीले बताए ।खबर पाउन साथ कार्यालयबाट खटिएको टोलीले ३० मिनेटभित्रै हराएको नगद र सुनसहितको झोला फेला पारेर सम्बन्धित व्यक्तिलाई ३० मिनेटपछि जिम्मा लगाइएको प्रहरी निरीक्षक बोगटीले बताए ।नगद र सुनसहितको आफ्नो झोला हराएपछि निराश बनेकी सविनाले प्रहरीले झोला फेला पारेपछि हर्षित हुँदै प्रहरीको सेवालाई धन्यवाद दिइन् । उनले आफ्नो नाबालक छोराको उपचारका लागि ऋण लिएकी बताएकी छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *