कोरोनाले सिकिस्त पूर्वमन्त्रीले पाएनन् एयर एम्बुलेन्स, नेपालगन्जमा अलपत्र

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कोरोनाले सिकिस्त पूर्वमन्त्रीले पाएनन् एयर एम्बुलेन्स, नेपालगन्जमा अलपत्र

काठमाडौ । लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री डिल्लीबहादुर चौधरीलाई कोरोन पुष्टि भएको छ । लक्षण सहितको कोरोना पुष्टि भएका सांसद चौधरीको अहिले नेपालगञ्जमै उपचार भएको छ । तर नेपालगन्जमा उपचार गर्दा उनको स्वास्थ्यमा सुधार नआएका कारण अस्पतालले काठमाडौ रेफर गरेको छ ।

तर उनलाई काठमाडौ ल्याउन जहाजले नमानेका कारण काठमाडौ आउन पाएका छैनन् । नेपालगन्जका पत्रकार श्रीराम सिग्देलले सामाजिक सञ्जाल मार्फत सो कुराको जानकारी गराएका छन् ।

उनले बिरामी हुँदा समेत नागरिकले स्वास्थ्य सुविधा नपाएको भन्दै गुनासो गरेका छन् । एअर एम्बुलेन्सले उनलाई काठमाडौ ल्याउन नमानेका कारण उनी नेपालगन्जमै अलपत्र परेको सामाजिक सञ्जालमा लेखेका छन् ।

उनको स्टाटस यस्तो छ, वाह मेरो देशको नियम,कानुन ? कोभिड १९ को बिरामीको स्याहार गर्न एम्बुलेन्स तयार हुनु पर्ने,स्वास्थ्यकर्मी हरु अनिवार्य खटिनु पर्ने तर विरामीलाई एअर एम्बुलेन्स चाहिएमा छैन,नबोक्ने रे १ लुम्बिनी प्रदेश मा सांसद डिल्ली ब थारु एअर एम्बुलेन्स अभावमा नेपालगन्जमै अलपत्र


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *