वृ’द्धा;श्रममा भेट भएका ना’तिनी हजुरआमाको भा’इरल त’स्बिरको कथा, जुन सुने पछि नरु’ने को’हि हुँदैन

समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ : भनिन्छ एउटा तस्बिरले हजार भन्दा धेरै शब्द बोल्ने क्षमता राख्छ । यस्तै एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।यो मर्मस्पर्शी तस्बिर यति धेरै सेयर भएको छ कि सामाजियक सञ्जलामा पुरै भाइरल छ । केही दिनयता भारतीय सञ्चारमाध्यम तथा नेपालका सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको यो तस्बिरमा एक बालिका र वृद्धा रोइरहेका देखिन्छ ।विश्व फोटो पत्रकार दिवसका दिनदेखि भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल भएको यो तस्बिरलाई अहिले नेपालीले पनि सामाजिक सञ्जालमा भाइरल बनाइरहेका छन् । तस्बिरलाई विभिन्न कथा बनाउँदै सामाजिक सञ्जालमा पाेष्ट गरिएकाे छ। खासमा यो तस्बिर सन् २००७ मै भारतको गुजरातका एकजना फोटो पत्रकारले खिचेका हुन् । ******थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’***

सामाजिक सञ्जालमा पाेष्ट गरिएको यो तस्बिरमा लेखिएको छ, ‘एक स्कुलले आफ्नो बच्चाहरुलाई वृद्धाश्रमको भ्रमण गरायाे। त्यही क्रममा भ्रमणमा रहेकी बालिकाले वृद्धाश्रममा आफ्नी हजुरआमालाई भेटिन् ।’यो फोटोको कथा यतिमै सकिँदैन । ‘खासमा जब यी बालिकाले आफ्ना माता-पितासँग हजुरआमाबारे साेधिन् तब उनीहरुले नातेदारलाई भेट्न गएको जवाफ दिए ।यो समाज कस्तो किसिमको बन्दैछ, कसरी अघि बढ्दैछ ? नेपाली र भारतीयको लवाखवाइ तथा छालाको रंगसमेत मिल्ने भएकाले धेरैले यो तस्बिरलाई नेपालकै मानेर पनि सेयर गरिरहेका छन् । यतिमात्रै होइन यो तस्बिरको वास्तविकतामै नपुगी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र क्रिकेटर हरभजन सिंहले समेत यो फोटोलाई फेसबुक र ट्विटरमा सेयर गरेका छन् ।

तस्बिरको सत्य के हो ? तस्बिरसँगै लेखिएको कुरा वास्तवमै सत्य हो त ? यसकाे जवाफ भारतका एकजना वरिष्ठ फोटो पत्रकार कल्पित भचेचले बीबीसीलाई बताएका छन् ।खासमा यो तस्बिर कल्पितले ११ वर्षअघि सन् २००७ मा खिचेका थिए । स्वयम् कल्पितले यस तस्बिर र यसको पछाडिको घटनाबारेमा बीबीसीलाई बताएका छन् ।कल्पितको बयान त्यो दिन सन् २०१०७ १२ सेप्टेम्बर थियो, मेरो जन्मदिन भन्दा एक दिन अघि । म बिहानै नौ बजे घरबाट निस्केको थिएँ । त्यस दिन पत्नीले राति छिटै घर आउन भनेकी थिइन् । किनकी भोलिपल्ट मेरो जन्म दिन थियो, पत्नीले राति १२ बजे मेरो जन्म दिनको केक काट्ने कुरा बताएकी थिइन् ।

पत्नीले त्यति भनेपछि म धेरै खुसी भएर घरबाट हिँडेको थिएँ । केही बेरमै मलाई मेरो मोबाइलमा अहमदाबादको मणिनगरस्थित जिएनसी स्कुलबाट फोन आयो । फोन स्कुलका प्रिन्सिपल रिटा बहन पन्ड्याको थियो । उनले आफ्ना विद्यार्थी लिएर वृद्धाश्रम जान लागेको बताइन् । उनले त्यही क्रममा मलाई पनि आफूसँगै जान आग्रह गरिन् ।त्यसपछि म तयार भएर घरबाट निस्केर सीधै घोडासरमा रहेको मणिलाल गान्धी वृद्धाश्रम पुगेँ । त्यहाँ एकातर्फ विद्यार्थी थिए भने अर्कातर्फ वृद्धवृद्धा थिए । त्यसपछि मैले राम्रो तस्बिर लिनका लागि विद्यार्थी र वृद्धवृद्धालाई एकै ठाउँमा राख्न आग्रह गरेँ ।

मैले त्यति भनेपछि विद्यार्थी उभिएका मात्र के थिए त्यही बेला एक बालिका वृद्ध महिलालाई देखेर क्वाँ क्वाँ रुन थालिन् । अर्को अचम्त त के थियो भने बालिकालाई देखेर ती वृद्धा पनि उसै गरेर क्वाँ क्वाँ रुन थालिन् । त्यही बेला बालिकाले दौडेर वृद्ध महिलालाई अंगालो हालिन् । यो दृश्य देखेर त्यहाँ उपस्थित कयौँ मान्छे पनि चकित परे ।मैले त्यही बेलाको तस्बिर धमाधम क्यामेरामा कैद गरेँ । त्यसपछि मैले तत्कालै गएर रोइरहेकी वृद्धालाई सोधेँ, ‘तपाईँ किन रुनु भयो ?, उनले भनिन्, ‘हामी दुई हजुरआमा-नातिनी हौँ ।’बालिकाले पनि रुँदै ती वृद्धा आफ्नी ‘बा’ हजुरआमा भएको बताइन् । गुजरातीमा हजुरआमालाई बा भनेर बोलाइन्छ । बालिकाले त्यही क्रममा हजुरआमाबिना आफ्नो जिन्दगी धेरै शून्य भएको बताइन् ।

बालिकाले त्यही क्रममा आफ्ना बाबुले उनकी हजुरआमा नाताकहाँ गएको जवाफ दिएर ढाँटेको पनि बताइन् । तर जब उनी वृद्धाश्रम पुगिन् तब उनलाई थाहा भयो हजुरआमा साँच्चिकै कहाँ गएकी रहिछन् ।हजुरआमा नातिनीको मिलन देखेर त्यहाँ जम्मा भएका अन्य मानिसका पनि आँखा रसाए । त्यसपछि त्यो माहोललाई शान्त बनाउन केही विद्यार्थीले भजन गाउन सुरु गरे।यो तस्बिरलाई त्यसको भोलिपल्ट नै दिव्य भास्कर दैनिकले पहिलो पृष्ठमा छापेको थियो । त्यही बेलादेखि यो फोटोबारेमा गुजरातमा चर्चा सुरु भएको थियो । यस तस्बिरले कयौँ मानिसको मनमा भुइँचालो ल्याउन सफल भएको छ।मेरो ३० वर्षको करिअरमा पहिलो पटक फोटो छापिएपछि मलाई मानिसहरुले हजारौँ फोन गरे । त्यो बेलामा पुरै राज्यमा यस तस्बिरको चर्चा भएको थियो । तर जब म दोस्रो दिन अन्य पत्रकारसहित उनको अन्तर्वार्ता लिन पुगेँ, तब उनले मलाई आफू आफ्नो राजीखुसीले घर छाडेर वृद्धाश्रम आएको जवाफ दिइन् । बीबीसी हामीले अन्नपूर्ण पोस्ट बाट


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *