कर्णाली प्रदेशमा भाँडभैलो भएपछि ओलीले दिए यस्तो कडा चेतावनी

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कर्णाली प्रदेशमा भाँडभैलो भएपछि ओलीले दिए यस्तो कडा निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा तत्कालिन नेकपा एमाले र पूर्व माओवादी खेमा विभाजित भएपछि भाँडभैलो भएको छ । पूर्व माओवादीका तर्फवाट मुख्यमन्त्री बनेका महेन्द्रवहादुर शाहीका विरुद्ध पूर्व एमालेका सांसदहरुको अगुवाईमा अविश्वासको प्रस्ताव पेश भएपछि भाँडभैलो भएको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदले संसदीय दलका नेता एवं मूख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रधानमन्त्री ओलीले त्यसबाट पछि हट्न प्रदेश सांसदहरुलाई निर्देशन दिने भएका छन् । बालुवाटार निकट स्रोतका अनुसार कर्णालीको रोग अन्य प्रदेशमा पनि सर्ने संभावना बढेपछि ओलीले कर्णाली प्रदेशका सांसदलाई अविस्वासको प्रस्तावबाट पछि हटेर समस्या समाधान गर्न निर्देशन दिन लागेका हुन् ।

कर्णाली प्रदेशमा मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव आएपछि बागमती र प्रदेश १ मा पनि अविश्वासको प्रस्ताव पेस गर्न सांसदहरुले हस्ताक्षर संकलन गरेर तयारी अवस्थामा राखेको खबर सार्वजनिक भएको थियो । पार्टी एकतामा नै असर पर्ने भएपछि मंगलबार बिहानैबाट बालुवाटार निकटका नेताहरु कर्णालीको समस्या समाधान गर्न लागेका थिए । अविश्वास प्रकरणले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँगै अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै अप्ठ्यारोमा परेका छन् ।

सोमबार दिनभर कार्यकारी अध्यक्ष प्रचण्ड सो प्रस्ताव फिर्ता गराउन लागेका थिए । उनी वालुवाटार पुगेर प्रस्ताव फिर्ता गराउन निर्देशन दिनुस् भन्दै आग्रह गर्न वालुवाटार पुगेका थिए । तर मध्यराति भने ओलीले प्रस्ताव फिर्ता गराउन आफूले पहल गर्ने सहितको सन्देश प्रवाह गरेको स्रोतको दावी छ । अविश्वास प्रस्तावमाथि छलफल गर्न मंगलबार २७ गते नै प्रमुख सचेतकले वैठक बोलाएका छन् । संसदीय दलका नेता तथा मुख्यमन्त्रीले उनलाई सोमबार नै जिम्मेवारीबाट मुक्त गरेका छन्


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *