भारतले खनेको बाटो भारतलाई नै भाडामा दिन सकिन्छः प्रधानमन्त्री ओली

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पक्षले खनेको बाटो भाडामा दिन सकिने बताएका छन् ।बुधबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले लिपुलेकमा भारतले खनेको बाटो भारतलाई नै भाडामा दिन सकिने तर नेपालको भूभाग छोड्न नसकिने बताएका हुन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिएको जानकारी अनुसार बुधबारको बैठकमा ओलीले भारतसँग कुटनीतिक तवरले नै कालापानी, लिपुलेक, लिम्पियाधुराको विषय टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए ।सांसद् सुवालले भारतले एकतर्फी सडक खनेको विषयलाई अन्तर्राष्ट्रिय अदालतमा लैजान भन्दा ओलीले कुटनीतिक तबरले वार्ता सुझाउनुपर्नेमा जोड दिएको बताए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *