काठमाडौंमा होटलको रुममै बसेर हुन्थ्यो यस्तो धन्दा: थाहा पाउदा सबै च’कित

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंमा होटलको रुममै बसेर हुन्थ्यो यस्तो धन्दा: थाहा पाउदा सबै च’कित !
काठमाडौंमा होटलको रुममै बसेर हुन्थ्यो यस्तो धन्दा: थाहा पाउदा सबै च’कित ! २६ असोज, काठमाडौं । गोङ्गबु मित्रनगर होटल रेड डाइमण्डमा नक्कली मह र त्यस्तो पदार्थ बनाउने सामान फेला परेको छ । होटलको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउन प्रयोग हुने सामान फेला परेको हो । काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोली होटलमा पुग्दा व्यापारी मह बेच्न बाहिर गएका थिए । होटल सञ्चालकले आफूसँग व्यापारीको सम्पर्क फोन नम्बर नभएको बताए । *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा होटलको निगरानी थालेको छ । अहिले २ जना व्यापारी सम्पर्कमा आएका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अघि बढाइने भएको छ । होटल सञ्चालक लिलाबल्लभ पराजुलीकाअनुसार उनीहरुमध्ये असोज २० गते २ जना आएर कोठा लिएर बस्न थालेका थिए । २२ गते ४ जना थपिएका थिए । हिजो आइतबार अरु ६ जना आएर थपिए । होटल सञ्चालकका अनुसार उनीहरुले आफूलाई मह व्यापारीका रुपमा चिनाएका थिए । उनीहरु दिउँसो मह बेच्न जाने र बेलुका फर्किने गरेका छन् ।

होटलका अनुसार यसअघि २०७६ को पुष-माघ महिनामा आएर व्यापार गरेर फर्केका थिए । होटलमा उनीहरुको नाम थर भएको कुनै विवरण छैन । सञ्चालक भन्छन्-‘पहिले पनि आउने जाने गरेकाले परिचय पत्र खोजेनौं । उनीहरु महोत्तरीतिरका हुन् ।’ *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *