बाबुराम भट्टराईविरुद्ध प्रचण्डले अदालतमा मु’द्दा हाल्दै !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । केही दिन अघि पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको एउटा अभिब्यक्तिका कारण अहिले राजनीतिमा तरंग उत्पन्न भएको छ । बुढीगण्डकी जलबिद्युत परियोजनामा ९ अर्वको भ्र’ष्टाचार भएको दावी गर्दै उनले त्यसमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा संलग्न भएको आ’रोप लगाएका थिए ।

उनले तीन नेता मिलेर ९ अर्व रुपैया कमिशन खाएको प्रमाण आफुसंंग भएको दावी गर्दै प्रमाण आवश्यक परे दिन सक्ने बताएका थिए । सो अभिब्यक्ति पछि नेपाली कांग्रेसले प्रमाण देखाउन चुनौती दिएको छ ।लामो समय राजनीतिको एउटै मोर्चामा रहेका प्रचण्डलाई समेत डा भट्टराईले गम्भिर आरोप लगाएका हुन् । दुई दशक राजनीतिक यात्राका सहयात्री बनेका बाबुरामलाई नेता प्रचण्डले मु द्धा हाल्ने भएका छन् ।

प्रचण्डले भट्टराईबारे खासै बोलेका हुँदैनन् । तर, भट्टराईले भने प्रचण्डमाथि विभिन्न आरोप लगाउँदै आएका छन् ।र यसैक्रममा बिहीबार गोखरा पालुङटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले त्यस्तो गम्भिर आरोप लगाएपछि प्रचण्ड पनि रु ष्ट भएका छन् । यसअघि लगाइएका आरोपप्रति खासै वास्ता नगरेका प्रचण्ड यसपटक भने भट्टराईप्रति निकै आक्रोशित भएका छन् ।

आफ्नो राजनीतिक भविष्यलाई धक्का दिने गरी भट्टराईले लगाएको आरोपबारे प्रचण्डले न्याय खोज्ने तयारीमा पुगेका छन् ।आफ्नो मानप्रतिष्ठामा आँच पुयाउने गरी निराधार र कपोकल्पित आरोप लगाउने भट्टराईविरुद्ध प्रचण्डले मानहानिको मु द्दा अदालतमा दायर गर्ने तयारीमा पुगेका छन् । यसबारे उनी छलफलमा रहेका स्रोतले जनाएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *