रेखा थापा भन्छिन्, ‘विप्लव सत्तामा पुगेर काम गरेको हेर्न चाहान्छु’

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

रेखा थापा भन्छिन्, ‘विप्लव सत्तामा पुगेर काम गरेको हेर्न चाहान्छु’काठमाडौं । अभिनेत्री रेखा थापा सामाजिक सञ्जालमा निकै सकृय हुने कलाकार हुन् । उनले दिनहुँ आफ्ना अभिब्यक्ति सामाजिक सञ्जाल मार्फत अभिब्यक्त गर्छिन । खासगरी उनका भनाई नारी प्रधान हुन्छन् ।हालै उनले प्रतिबन्धित् नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सत्तामा पुगेको हेर्न चाहेको बताएकी छन् ।

उनले यो अभिब्यक्ति एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ताका क्रममा भनेकी हुन् । एपीवान टेलिभिजनको ‘ग्ल्यामर गफ’मा प्रकाश सुवेदीसँगको कुराकानीमा उनले नेता विप्लवले काम गरेको हेर्ने चाहना व्यक्त गरेकी हुन् ।सुवेदीले कार्यक्रममा विभिन्न टाक्स दिने गर्छन । टाक्सका क्रममा पुष्पकमल दाहाल प्रचण्ड र विप्लवमध्ये एक जना मन परेको व्यक्ति छान्ने भनेपछि अभिनेत्री रेखाले विप्लवलाई छानेकी हुन् ।***थप भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***,

त्यसको कारणबारे प्रश्न गर्दा उनले विप्लव सत्तामा पुगेको हेर्न चाहेको बताएकी हुन् । विभिन्न कलाकार तथा सामाजमा प्रतिष्ठित व्यक्तिहरुलाई छान्न लगाएका सुवेदीले प्रचण्ड र विप्लव मध्ये एकलाई रोज्न भनेपछि उनले विप्लव रोजिन् ।माओवादीबाट राप्रपामा प्रवेश गरेकी अभिनेत्री विप्लवको पार्टीमा आवद्ध भएको चर्चा केही समय अघि चलेको थियो । उनको यस्तो अभिब्यक्तिले पनि सो कुरालाई पुष्टि गर्ने आधार दिन्छ ।प्रचण्ड सत्तामा पुगेर आफ्नो क्षमता देखाइसकेकाले अब विप्लवको क्षमता हेर्न चाहेको उनको भनाई छ ।

उनको कार्यक्षमता नहेरी मुल्याकंन गर्न नसकिने भनाई रेखाको छ । विप्लव पनि सत्तामा पुगेर काम गरेपछि मात्रै राम्रो नराम्रो भन्न सकिने भएकाले उनको सत्तरोहण हेर्ने इच्छा रहेको बताइन् ।हाल विप्लव भूमिगत रहेका छन् । विप्लवसँग सम्पर्क हुन्छ भन्ने प्रश्नमा रेखाले भनिन्, ‘हुँदैन । प्रचण्डजीहरुसँग हुँदा भेट भएको थियो । अहिले उहाँ भूगिमत हुनुहुन्छ ।’ देश र जनताका लागि भन्दै भूमिगत रहेका विप्लव लोभ र मोहरहित रहेको पनि रेखाको बुझाई छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *