यी हुन् नेपाली चेलीलाई भारतमा बेच्ने दलाल, यसरी फसा’उँथे सोझा युवतीलाई

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौं । नेपाली चेलीलाई भारतमा लगेर बे श्या ल यमा बेच्ने दलाल अन्तत प’क्राउ परेका छन् । प’क्राउ पर्नेमा ५२ वर्षीय टाउटाउ तामाङ हुन् । उनलाई नेपाल प्रहरीको मानव बे च बि ख न ब्युरोले गोकर्णेश्वर नगरपालिका ५ बाट प’क्राउ गरेको हो ।उनको स्थायी घर भने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ६ रहेको बताइन्छ ।

हाल उनी काठमाडौं नयाँ बस्ती बस्दै आएका थिए । उनले २० वर्षीया महिलालाई चार वर्षअघि राम्रो तलब सुबिधा सहितको काममा लगाउने भन्दै प्रलोभन देखाएर भारतको मुम्बईमा बे’चेको प्रहरीले बताएको छ ।ती महिलाको गत वर्ष भदौ ५ गते उद्दार भएको थियो । उनलाई शक्ति समूह नामक संस्थाले नेपाल ल्याएको थियो ।

नेपाल फर्किएकै दिन आ’रोपित बि’रुद्ध ब्युरोमा उ’जुरी परेको प्रहरी उपरीक्षक अनुराग द्विबेदीले जानकारी दिए ।अहिले ती महिला शक्ति समूहको संरक्षणमा रहेको बताइन्छ । तामाङमाथि थप अनुसन्धान गर्न ब्युरोले काठमाडौं जिल्ला अदालत लगेको प्रहरीले बताएको छ ।यस घ’टनामा संलग्न अन्यको पनि खोजी भइरहेको एसपी द्विबेदीले बताएका छन् । तामाङमाथि कानून बमोजिम अनुसार अनुसन्धान अघि बढाइनेछ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *