मध्यरातमा सरकार र डा. केसीबीच ८बुँदे सहमति, आज अनसन तो’डिने..

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

मध्यरातमा सरकार र डा. केसीबीच ८बुँदे सहमति, आज अनसन तो’डिने..

काठमााडौं । अनशनरत डा. गोविन्द केसी र सरकारबीच मध्यरातमा ८ बुँदे सहमति भएको छ । यससँगै डा केसीले आज (आइतबार) अनशन ताेड्नुहुने भएकाे छ । सहमतिअनुसार २८ दिनदेखि अनशनरत डाक्टर केसीले आज बिहान साढे ९ बजे अनशन तोड्दै हुनुहुन्छ ।शनिबार सरकारी वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेर डा केसीसँगै ठाेस वार्ता गरेपछि सहमति जुटेको बताइएकाे छ । यसअघि बिहीबार र शुक्रबारका वार्ता विनानिष्कर्ष टुंगिएका थिए । ***लाइफ नेपाली ****थप समाचारको लागी यो भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,****

सरकारले डा केसीसँग वार्ता गर्न बुधबार तीन सदस्यीय टाेली गठन गरेकाे थियाे भने डाक्टर केसी पक्षले पनि वार्ता टोली गठन गरेकाे थियाे ।२७ दिनदेखि आमरण अनसनमा बसेका डा. केसी र सरकारी पक्षबीच शनिबार मध्यरातमा तेस्राेपटककाे वार्तामार्फ सहमति जुटेकाे हाे । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले हस्ताक्षर गर्नुभएकाे छ ।सहमतिमा उल्लेख भएको बुँदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।

यसैगरी विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ । साथै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १०लाई पनि राख्ने सहमतिमा उल्लेख छ । ******लाइफ नेपाली ***थप समाचारको लागी यो भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *