यसकारण पुष्पकमल दाहाल ‘प्रचण्डले ट्वीटरमा परिवारका तीन जना सदस्यलाई मात्रै गरे फलो

समाचार
सेयर गर्नुहोस्

काठमाडौं, १२ असार :

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल ट्वीटरमा जम्मा ८ जनालाई मात्र फलो गरेका छन् । उनले फलो गरेका ८ जना सबै कि त उनकै परिवारका सदस्य ९छोरी र नातिनी० छन् कि अमेरिकी राजनीतिज्ञ ।

प्रचण्डले फलो गरेकामध्ये तीन जना परिवारका सदस्य र बाँकी ५ जना अमेरिकी राजनीतिज्ञ छन् ।उनले छोरीहरु रेनु दाहाल र गंगा दाहाल र नातिनी सृष्टी दाहाल केसीलाई फलो गरेका छन् । यस्तै उनले फलो गरेका विदेशीमा अमेरिकी राष्ट्रपति जो बाइडेन, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, अमेरिकी पूर्वराष्ट्रपति विल क्लिन्टन र अमेरिकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन रहेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा ९एकीकृत समाजवादी० का नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी ९जसपा०, नेपालका संघिय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई कसैलाई पनि ट्वीटरमा फलो गरेका छैनन् ।

ट्वीटरमा उनको आधिकारिक ट्वीटर ह्याण्डिल ‘एटसीएमप्रचण्ड’ रहेको छ । ट्वीटरले भेरीफाइ गरेको उनले उक्त ह्याण्डिलबाट उनले आफ्नै पार्टीको कुनै एक नेतालाई पनि फलो गरेका छैनन् । यो समाचार तयार पार्दासम्म उनलाई ट्वीटरमा ३ लाख ६३ हजार ९१९ जनाले फलो गरेका छन् ।


सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.