को’रोना भा’इरस एन्टीबडी लिएरै जन्मियो बालक

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

चीनको शेनजेनमा को’रोना भा’इरस एन्टीबडीका साथ बालकको जन्म भएको छ । आमाबाट प्राकृतिक तरिकाले शिशुमा यी एन्टीबडीहरू आएको चिकित्सकहरूको भनाइ छ ।शेनजेन थर्ड अस्पतालका चिकित्सकले आमा र बच्चामाथि थप अध्ययन गर्ने बताएका छन् ।गत अप्रिल महिनामा आमामा को’रोना पो’जिटिभ देखिएको थियो।

तर उनमा को’रोनाको लक्षण देखिएको थिएन । त्यतिखेर उनलाई १० दिनसम्म उपचार गरिएको थियो । बच्चा जन्माएपछि पुनः परीक्षण गर्दा आमा र शिशु दुवै को’रोना नेगेटिभ पाइएको छ ।महिलाले जेठ १६ गते शिशु जन्माएकी हुन् । उनी शेनजेनबाट हुबेई प्रान्त घुम्न गएको बेला सं’क्रमित भएकी थिइन् । हुबेईको वुहानबाट नै को’रोना भा’इरस फैलिएको थियो।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *