सं’क्रमित सांसदले वेड नपाएपछि स्वास्थ्यमन्त्रीकै दौडधुप, वीर अस्पतालको आइसियुमा सांसद शान्ता चौधरीको उपचार हुँदै

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । सांसद तथा नेकपाको प्रमुख सचेतक शान्ता चौधरीलाई को’रोना पुष्टि भएको छ । केही दिन अघि दमका कारण अस्वस्थ्य रहेको जानकारी गराएकी सांसद शान्तालाई फेरी को’रोना पु’ष्टि भएको हो । को’रोना पु’ष्टि भएपछि स्वास्थ्यमा समस्या देखिएका कारण उनलाई काठमाडौ उपचारका लागि ल्याउन लाग्दा बेड समेत नपाएको बताइएको छ ।

दागंमै रहेकी शान्तालाई उपचारका लागि काठमाडौ ल्याउन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल आफै लाग्नु परेको थियो । काठमाडौका सबै अस्पताल सं’क्रमितले भरिएका कारण सांसदलाई भर्ना गर्ने वेड समेत खाली नभएपछि स्वास्थ्य मन्त्री ढकालको पहलमा अहिले वीर अस्पतालमा उनको उपचार भइरहेको छ । उनलाई स्वास प्रश्वासमा स’मस्या भएका कारण आइसियुमा राखेर उपचार भइरहेको बताइएको छ ।

चौधरी आफैले पनि आफ्नो स्वास्थ्य अवस्थाका बारेमा तीन दिन अघि फेसवुक मार्फत जानकारी गराएकी थिइन् ।उनले फेसवुकमा आफुलाई श्वास फेर्न कठिन भएका कारण फोन नगरीदिन आग्रह गरेकी थिइन् काठमाडौमा कोरोना सं’क्रमितको संख्या बढेका कारण थप नयाँ सं’क्रमितले उपचार नपाउने अवस्था आएको छ । सांसदलाई नै उपचारका लागि वेड उपलब्ध गराउन स्वास्थ्य मन्त्री आफै लाग्नुपर्ने अवस्था सिर्जना भएको छ ।

कोरोना संक्रमित भएर उपचारार्थ रहेकी शान्ताले फेसवुक मार्फत सबैलाई यस्तो अपिल गरेकी छन् ।उनले लखेकी छन्, आदरणिय नेतागण तथा शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरु । म अस्पत्तालमा उपचाररत छु। यहाँहरुले मेरो स्वास्थ्यको चिन्ता गरेर फोन गरिरहनु भएको छ।म त्यसका लागि आभारी छु। स्वास प्रस्वासमा अलि कठिनाई भैरहेको र फोनमा बोल्दा सास फेर्न थप कष्ट हुने र अक्सिजनको मात्रा समेत कम भएको महसूस हुन्छ। त्यसैले सकेसम्म फोन नगरी मेसेज गरिदिनुभए आभारी हुनेछु। मेरो स्वास्थ्यको अवस्था यसै माध्यमबाट जानकारी गराउने प्रयास गर्नेछु। धन्यवाद।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *