हार्दिक बधाई: बेलायतमा नेपालकि छोरि सेलिना राईले पाइन‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड’

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

हार्दिक बधाई: बेलायतमा नेपालकि छोरि सेलिना राईले पाइन‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड’

लण्डन- बेलायतको लिड्समा कार्यरत एक युवा नेपाली इन्जिनियरले ‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड’ जितेकी छन् । बेलायतसहित विश्वभरका इन्जिनियरहरु आबद्ध प्रोफेसनल संस्था ‘इन्स्टिच्युट अफ सिभिल इन्जिनियर’ (आइसीइ) ले सेलिना राईलाई यो अवार्ड प्रदान गरेको हो । *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

अवार्डका लागि विभिन्न समूहबाट फाइनलमा छनोट भएका प्रतिस्पर्धी इन्जिनियरहरुमध्ये उत्कृष्ट ठहर हुँदै उनले अवार्ड जितिन् । प्रतिस्पर्धाको प्रारम्भिक चरणमा विश्वभरबाट सयौं इन्जिनियरहरुले आफ्नो ‘सिनोप्सिस’ पठाएका थिए । जसमध्ये उत्कृष्ट ४ फाइनालिस्टहरुले प्रस्तुत गरेको ‘फुल पेपर’ को मुल्यांकनपछि सेलिना विजेता बनेकी हुन् ।

प्रतिष्ठित प्रोफेसनल अवार्डसंगै सेलिनाले नगद १५ सय पाउन्ड पुरस्कार समेत पाएकी छन् । बेलायतको लिड्स शहरमा एक ‘स्ट्रक्चरल इन्जिनियर’ का रुपमा कार्यरत छन् सेलिना । आफूले आर्जन गरेको ज्ञान र सीपलाई तिखार्न यो अवार्ड प्रतिस्पर्धाले महत्वपूर्ण भूमिका खेलेको उनले सुनाइन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *