बालिका बला’त्का’र गर्नेसँग पाँच सय लिएर घ’ट’ना गाउँमै मिलाउने यिनैै हुन् ‘बाबाजी’

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौं । बझाङकी १२ वर्षीया बालिका सम्झना का’मीको अनैतिक कार्यपछि ज्या’न लिएको घ’ट’नामा प’क्राउ परेका राजेन्द्र बोहराले गरेको अर्को अनैतिक कार्यको घ’टना गाउँमै मिलाउनका लागि कागज बनाउने मुख्य व्यक्तिलाई प्रहरीले प’क्राउ गरेको छ ।

मिलापत्र गराउन कागज तयार गर्ने मष्टा गाँउपालिका–२ खिकालाका बाबाजी भनिने बालम दमाईलाई घरबाटै प्रहरीले प’क्राउ गरेको हो ।उनले गत २९ साउनमा १४ वर्षीया एक किशोरीमाथि अनैतिक कार्य भएको घ’टनालाई मिलापत्र गराउनका लागि कागज तयार पारेका थिए ।

घ’टना बाहिर आउन नदिन उनीसहित अन्य ६ जनाले पी’डित र राजेन्द्र बोहरा पक्षबीच ३१ साउनमा मिलापत्र गराएका थिए ।यसअघि १९ असोजमा मिलापत्र गराउन पञ्च बसेको भन्दै प्रहरीले २४ वर्षीय झलक दमाई, ४५ वर्षीय लालबहादुर बोहरा, ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरु दमाई र ५५ वर्षीय गल्फे बोहरालाई प’क्राउ गरेको थियो ।

मिलापत्रमा दुई पक्षका तीन जनाले हस्ताक्षर गरेका थिए भने राजेन्द्रले बालिकाको खुट्टामा पाँच सय रुपैयाँ राखेर ढो’गेको समेत खुलेको थियो । त्यस्तै, मिलापत्र गराएको एक महिनापछि बोहराले ७ असोजमा सोही ठाँउकी १२ वर्षीया सम्झ्ना कामीको अनैतिक काम पछि ज्या’न लिएका थिए ।

अहिले उनी प्रहरी हि रा स तमा छन् । सम्झना कामीमाथि अनैतिक काम पछि ज्या’न लिएको घ’टनामा प’क्राउ परेका बोहरामाथि अनुसन्धान गर्दा २९ साउनमा घ’टना बाहिरिएको हो । मिलापत्र गर्नेहरूमाथि पनि अहिले अनुसन्धान भइरहेको बझाङका डीएसपी रूपक खड्काले बताए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *