सरकारले तोकेको बोर्डर लाईन क्रस : के फेरी लकडाउन हुन्छ त ?

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

सरकारले तोकेको बोर्डर लाईन क्रस : के फेरी लकडाउन हुन्छ त ?
3
काठमाडौ । बुधबार थप ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा सक्रय संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ जानकारी दिएका हुन् । गत असोज ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको थियो । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको थियो । तर, बुधबार लकडाउनको बोर्डर लाइन अनुरुप २५ हजार सक्रिय संक्रमित नाघ्दा अब लकडाउन हुन्छ वा हुँदैन भन्ने प्रश्न उठ्न थालेको छ । त्यसो भए के हब लकडाउन हुन्छ त । लकडाउन सम्बन्धमा उब्जिएको शंकाबारे प्रस्ट पार्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले तत्काल लकडाउनको सम्भावनालाई अस्वीकार गरेका छन्।लकडाउनमा जाने कुराको विरोध हुने डरले सरकार पछिल्लो समय सक्रिय संक्रमितको संख्या २५ हजार नाघेपनि पुनः लकडाउनमा नजाने मनस्थितीमा रहेको बुझिन्छ।बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले यहि गतिमा संक्रमित थपिरहे अस्पतालले धान्न नसक्ने बताएका छन्।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *