जुन बाटो बनाउँदा घु’स खा’ए, त्यही बाटोमा गाडी प’ल्टेर नेताले ज्या’न गु’माए

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौं । सडक सञ्जालले गाउँ गाउँ जोड्ने अहिले अभियान नै चलेको छ । अझ कमसल पहाडमा डोजरले खन्दा त झन पहि’रोको जो’खिम पनि हुने गरेको छ । यस्तै घ’टना जाजरकोटमा भएको छ ।जिल्लाको जुनिचाँदे–१ लोड्नीदेखि मजकोटसम्मको सडक निर्माण गर्दा ठेकेदारसँग नेताले कमिसन खाएको आरोप लागेको छ ।

कमिसनको लो’भमा मापदण्डविपरीत निर्माण भएको सडकमा भएको दु’र्घटनामा वडा अध्यक्ष लगायत स्वास्थ्यकर्मीको समेत ज्या’न गएको छ ।जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणले सडक कमसल रहेको भन्दै आवाज उठाउँदै आएका पनि वास्ता गरिएको थिएन । यस्तो कुरा उठाउँदा, उठाउँदै यसै सडकको एकै ठाउँमा दुई पटक जिप दु’र्घटना हुँदा आठजनाको ज्या’न गइसकेको छ ।

ज्यान गुमाएका परिवारका आफन्तले नेताले घु’स खाएर बाटो बिगारेको र त्यसमा आफन्तले ज्या’न गु’माउनु परेको भन्दै आ क्रो श ब्यक्त गरेका छन् । अहिले घ’टनास्थल त ना व ग्रस्त भएको बुझिएको छ जुनिचाँदे–१ लोड्नीदेखि मजकोटसम्मको सडक निर्माण गर्दा व्यवसायीले डोजर चालकलाई इञ्जिनीयर बनाएर सडक खनेका थिए ।

अघिल्लो वर्ष मात्र खनिएको सो सडकमा जिप चल्नै नसक्ने भएपछि गाउँपालिकाले समेत केही रकम विनियोजन गरी सडकलाई केही सजिलो बनाएको थियो ।जुनिचाँदे गाउँपालिका–१ औलमा बुधबार बेलुकी भे १ ज ९३५ नम्बरको जिप दु’र्घटना हुँदा छ जनाको नि’धन भएको थियो ।

ज्या’न गु’माउनेमा वडा नं ११ का वडाध्यक्ष ५० वर्षीय अमरबहादुर शाही, ६० वर्षीया कृति शाही, ३२ वर्षीय खेमबहादुर शाही, वडा नं ५ की ३० वर्षीया मालिका बस्नेत, २९ वर्षीय कृष्णबहादुर शाही र लालबहादुर बुढा रहेको बताइएको छ । छेडागाड नगरपालिका–५ का कर्णबहादुर शाहीको परिचान खुलेको छ । चालक गोरखबहादुर बस्नेत सम्पर्कमा नरहेको बताइन्छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *