कम्युनिष्टलाई कसैले मानव अधिकार सिकाउनु पर्दैन: प्रचण्ड

राजनीति
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानव अधिकार गैह्र कम्युनिष्टको मात्र पेवा नभएको बताउनुभएको छ।यथार्थमा कम्युनिष्ट नै मानव अधिकारको पक्षमा गम्भीर हुन्छन् भन्ने कुरा स्थापित भएको उहाँले बताउनुभयो। माननव अधिकार को मान्यतालाई व्यवहारमा उतार्न तत्पर शक्ति भनेको बामपन्थी शक्ति भएको कुरा विश्वमा स्थापित भएको प्रचण्डले बताउनुभयाे।

मानव अधिकार तथा सामाजिक अभियान नेपालको घोषणा कार्यक्रम बोल्दै प्रचण्डले नेपालमा कम्युनिष्ट पार्टी मानव अधिकारको पर्याय नै भएको बताउनुभयो। ठूला ठूला विश्व युद्ध र नर संहार पुँजीपतिले नै गराएको उहाँले बताउनुभयो ।पहिलो र दोस्रो विश्वयुद्ध पुँजीवादीका बीचमा भएको उहाँले प्रष्ट पार्नुभयो।

समाजवादी सधै मानवताको पक्षमा रहेको प्रचण्डको भनाइ छ । वर्तमान सरकारले मानव अधिकारको पक्षमा प्रतिबद्धता अनुसार काम गरिरहेको प्रचण्डले बताउनुभयो।संविधान घोषणाको समयमा समेत कम्युनिष्ट पार्टीले मानव अधिकारलाई प्राथमिकतामा राखेको प्रचण्डले बताउनुभयाे।

मानव अधिकारको घोषणलाई कार्यान्वयन गर्ने अवसर र चुनौती दुवै नेकपा नेतृत्वकाे सरकारलाई ।रहेको प्रचण्डले बताउनुभयो। अहिले पनि मानव अधिकार विरुद्धका गतिविधि नरोकिएकाले यो चुनौतीको विषय भएको प्रचण्डले बताउनुभयाे। मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाबीच सहकार्य गरेर ।

मात्र यसमा सफलता प्राप्त गर्न सकिने उहाँले बताउनुभयो। वर्तमान सरकार सबै खालका असमानता र भूमिहीन तथा सुकुम्बासी समस्या समाधानका निम्ति निरन्तर लागिरहेकाे पनि प्रचण्डले प्रष्ट पार्नुभयो। यो मानव अधिकार रक्षाका लागि ठूलाे काम भएको उहाँले बताउनुभयो।

कोरोना नियन्त्रणका लागि सरकार निरन्तर लागि रहेको भए पनि रोग नियन्त्रणमा आउन नसकेको उहाँले बताउनुभयो। निकट भविष्यमा नै खोप आएर रोग नियन्त्रणमा आउने उहाँको आशा छ।कोरोनाको कारण बेरोजगारी बढेको बताउँदै उहाँले यो देशका लागि चुनौती र अवसर दुवै भएको प्रष्ट पार्नुभयाे।

यसका लागि राष्ट्रिय एकता र सहमतिको आवश्यकता रहेको उहाँले बताउनुभयो। कोरोना महामारीबीच महिला हिंसाका घटना बढ्नु दुःखद कुरा भएको प्रचण्डको टिप्पणी छ।यसकाे नियन्त्रणको लागि सबै कठोर भएर लाग्नु पर्ने उहाँको सुझाव छ।

अहिले पार्टी एकतालाई पूर्ण बनाउने अभियानमा नेकपा लागेको पनि उहाँले जानकारी दिनुभयो। यसलाई सफल पार्न उहाँले सबैलाई आग्रह गर्नुभयो।ताजा खवर डेलि बाट साभार


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *