सूर्य चिन्ह हाम्रो भइसकेको थियो, षड्यन्त्र गरेर ओलीलाई बचाइयो : प्रचण्ड

राजनीति
सेयर गर्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेटिङमार्फत एमाले अध्यक्ष केपी ओलीको राजनीति बचाएको दाबी गरेका छन् । तत्कालीन प्रधानमन्त्री ओलीले पहिलो पटक प्रतिनिधि सभा विघटन गरेको दिन ५ पुसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एउटा सेटिङअन्तर्गत ओलीको राजनीति बचाइएको बताएका हुन् ।

निर्वाचन आयोगले कानुनअनुसार काम गरेको भए ओली पार्टीविहीन हुने उनको दाबी छ । ‘यदि निर्वाचन आयोगले संविधान, ऐन र हिजोको नजिर अनुसार काम गरेको भए केपी ओली पार्टीविहीन हुने थिए । सूर्य चिन्ह हाम्रो भइसकेको थियो,’ उनले भने, ‘बबुरो पार्टीको रुपमा उनको स्थिति नाजुक हुने थियो । ठूलो षड्यन्त्र अनुसार उनलाई बचाइएको हो ।’ प्रचण्डले कसले कोसँग कस्तो सेटिङ गरेको हो भन्नेबारेमा केही खुलाएनन् ।

ओलीले पनि हार स्वीकार गरेर नयाँ पार्टी दर्ता गरेको तर, असंवैधानिक रुपमा निर्वाचनमा आयोगमा लगिएका मानिसहरुले उनलाई बचाइएको उनको दाबी छ । ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको उनको दाबी छ । संविधानको धारा ७६(५) मा ह्वीप लाग्दैन भन्ने अदालतको फैसला रहेको, सभामुखले १५ दिनभित्र लिनुपर्ने निर्णय गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने,

‘तर माधव नेपाललाई देख्यो कि कार्यक्रममै नजाने गर्नु भएको छ । यो भन्दा अराजीतिक, अलोकतान्त्रिक र निरंकुश चरित्र केही हुन्छ ?’ओलीको राजनीति जोगाउनका लागि ठूलो डिजाइन भएको दाबी गरेका प्रचण्डले ओली अहिले प्रतिगमनकै बाटोमा रहेको आरोप लगाए ।


सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.