खुशिको खबर दशैंको लागि बसको टिकट खुल्दै, यो मितिबाट बुकिङ गर्न सकिने

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

दशैंको लागि बसको टिकट खुल्दै, यो मितिबाट बुकिङ गर्न सकिने

काठमाण्डौ । दशैंका लागि उपत्यका बाहिर जानेहरुका लागि हरेक वर्ष असोज १ गतेबाटै सार्वजनिक बसको टिकट बुकिङ हुने गरे पनि यस वर्ष कोरोना महामारी कारण केहि ढिला गरी खुल्ला हुने भएको छ । टिकट खुलाउने विषयमा सम्बन्धित पक्षहरुबीच अझै तालमेल…

काठमाण्डौ । दशैंका लागि उपत्यका बाहिर जानेहरुका लागि हरेक वर्ष असोज १ गतेबाटै सार्वजनिक बसको टिकट बुकिङ हुने गरे पनि यस वर्ष कोरोना महामारी कारण केहि ढिला गरी खुल्ला हुने भएको छ ।

टिकट खुलाउने विषयमा सम्बन्धित पक्षहरुबीच अझै तालमेल नमिल्दा ठोस निर्णय लिन ढिला भएतापनि आउँदो हप्तादेखि बुकिङ खुल्ला हुने भएको हो ।

यातायात विभागले काठमाडौंबाट दसैं मनाउन घर जाने यात्रुको सहजीकरणको लागि अर्को साताबाट अग्रिम टिकट बुकिङ खोल्ने तयारी गरेको विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए ।

कोभिड–१९ का कारण धेरै यत्रुहरुले यस अघि नै उपत्यका छाडी सकेको हुंदा दशैंमा धेरै यात्रुले सर्वजनिक यातायातबाट यात्रा नगर्ने भएकाले करिब ६ लाख यात्रुको व्यवस्थापन गर्ने गरी विभागले तयारी गरेको उनले बताए ।

गत वर्षहरुमा करिब २० लाख मानिसहरुले दसैंमा उपत्यका छाड्ने गरेका थिए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *