अब लकडाउन हुँदैन, हल्लाको पछि नलाग्न आग्रह: स्वास्थ्यमन्त्री ढकाल

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना संक्रमित २५ हजार नाघेमा स्वास्थ्य समस्या आउने भएपनि लकडाउन नलगाउने बताएका छन्। राष्ट्रिय व्यवसायिक पहल(एनबिआई)को नेतृत्वमा गएको व्यवसायिक संस्थाका प्रतिनिधिसँगको भेटमा उनले लकडाउनको विकल्प खोजिरहेको बताए।केहि दिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै विज्ञहरुले सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार पुगेपछि लकडाउन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

उक्त खबरपछि सरकार फेरि लकडाउनमा जान लागेको भन्दै आलोचना भइरहेको छ, भने मानिसहरुमा फेरि लकडाउन हुने त्रास बढेको छ।तर, स्वास्थ्य मन्त्री भानुभक्त ढकालले भने अब लकडाउन नहुने बताएका छन्। मन्त्री ढकालले हल्लाको पछि नलाग्न समेत व्यवसायीलाई आग्रह गरेका छन्।‘कोरोना संक्रमित बढिरहेका छन्। २५ हजारभन्दा बढी भएमा उपचारका लागि स्वास्थ्य सुविधा पुर्‍याउन कठिन हुन्छ,’ ढकालले उद्योगीसँग भनेका थिए, ‘तर त्यसका लागि लकडाउन भन्दा अरु नै मोडालिटी हामी अपनाउनेछौं।’

एनबिआईका अध्यक्ष कुशकुमार जोशीले ६ महिना लामो लकडाउनका कारण सबै व्यवसायिक क्षेत्र धरासायी भएको बताउँदै मुलुकले अब थप अनिश्चितकालीन बन्द थेग्न नसक्ने बताए। उनले लकडाउन खुकुलो बनाएपछि विस्तारै अर्थतन्त्रले गति लिन थालेको बताउँदै कोरोना केही वर्षसम्म रहने भएकाले जोखिम न्यूनीकरण गरेर व्यवसायिक क्रियाकलाप अगाडि बढाउनुपर्ने धारणा राखे।

‘सम्भावित जोखिम न्यूनिकरण गरेर व्यवसायिक क्रियाकलापलाई सुरक्षित रूपमा संचालन गर्न हामी प्रतिबद्ध छौं,’ जोशीले भने। उनले मुलुकको सामाजिक तथा आर्थिक क्षेत्र थप धरासायी हुन नदिन सुरुवातीको चरणदेखि नै पहल गर्दै आएको बताउँदै कोरोनाका लागि आधारभूत व्यवसायिक योजना, पूर्व तयारी एवं संचालन योजना सार्वजनिक गरेको बताए। जोशीले उद्योग व्यवसाय संचालनको आधार तयार गरेको बताउँदै त्यो प्रोटोकल अनुसार संचालन भए/नभएको अनुगमन गर्न समेत सरकारसँग आग्रह गरे।

उनले पिसीआर परीक्षणको नियमावली बनाएर मितव्ययी र पारदर्शी रूपमा अगाडि बढाउन सुझाव दिए। उनले सरकारी सेवालाई अनलाइनमार्फत गर्न पनि सुझाव दिए। भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले लकडाउन थेग्न नसक्ने बताउँदै कोरोना नियन्त्रणका लागि लकडाउनको विकल्प खोज्न आग्रह गरे।

उनले ६ महिनाको लकडाउन र निषेधाज्ञाले साना र ठूला सबै उद्योग व्यवसाय संकटमा परेको बताउँदै सरकारले अर्थतन्त्रको सुक्ष्म अध्ययन गरेर अल्पकालीन र दीर्घकालीन पुनरूउत्थान कार्यक्रम ल्याउन सुझाव दिए। एनबिआईका महासचिव सुरेन्द्रवीर मालाकारले विभिन्न समस्याका बीच अघि बढेको नेपालको औद्योगिक क्षेत्रलाई कोभिडले गम्भीर चुनौती खडा गरेको बताए।बिज मान्डु बाट


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *