सरकारले डा. केसीलाई भन्यो : यो अनशन बस्ने बेला होईन, अनशन बस्न छोडनुहोस। https://absansar.com/3288/

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

१५ असोज, सरकारले चिकित्सा शिक्षा सुधारको माग राखेर अनशनमा बसेका डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ । बिहीबार सरकारको निर्णय सार्वजिनक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले सबै नागरिकलाई कोरोनाबाट कसरी जोगाउने भनेर लाग्नुपर्ने बेलामा अनशन, सत्याग्रह, धर्ना सुहाउँदो विषय नभएको बताए ।

अर्को समाचार: काठमाडौं, १५ असोज । गणतन्त्र नेपालमा डा. युवराज खतिवडा सबैभन्दा भाग्य मानी ठहरिएका छन् । उनले एक महिनाको अन्तरालमा लगातार दुईवटा नियुक्ति पाए अर्थ मन्त्रीबाट राजीनामा दिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटले विशेष आर्थिक सल्लाहकारमा नियुक्ति दियो । त्यसको एक महिना नबित्दै उनको नाम राजदूतको सिफारिशमा परेको छ

त्यो पनि अमेरिकाको आज बसेको मन्त्रिपरिषद् बैठकले डा. खतिवडालाई अमेरिकाका लागि राजदूतमा नाम सिफारिश गर्दा आश्चर्य मान्नुपर्ने थिएन यसअघि नै उनी अमेरिकाका लागि राजदूत बन्ने चर्चा चलेको थियो अर्थमन्त्रीबाट राजीनामा दिएलगत्तै उनैले मन्त्री चलाउने रणनीतिका साथ सल्लाहकार नियुक्त गरिएको थियो ।

खतिवडा राष्ट्रियसभा सदस्यमा मनोनित नभएपछि राजीनामा गर्न वाध्य भएका थिए । साँढे दुई वर्ष अर्थमन्त्री बनेका उनी गैर राजनीतिक क्षेत्रबाट मन्त्री बनाइएका थोरै व्यक्तिहरुमध्ये थिए । त्यसमाथि पनि अर्थमन्त्री बनाइँदा धेरैलाई आश्चर्यचकित पारेको थियो नेकपाभित्र राजनीति गरेर चुनाव लडेर जितेर आएका पूर्व अर्थमन्त्री तथा अर्थविद्हरुलाई उछिन्दै खतिवडा मन्त्री भएका थिए ।

जसका कारण उक्त दलभित्र उनीसँग चिढिने धेरै थिए । ओलीको शासनकालमा उनी पटक पटक लाभको पदमा रहन पाए । पछिल्लो पटक उनले रोजेकै अमेरिकाका लागि राजदूत बन्ने मौका पाए ।
खतिवडाले गणतन्त्र नआउँदा पनि पटक पटक लाभको पदमा मौका पाएका थिए । राजाको सक्रिय शासनकालमा योजना आयोगका सदस्य थिए ।

आयोगको उपाध्यक्ष हुनाका अलावा नेपाल राष्ट्र बैंकका गर्भनर समेत बने । अहिले उनी अमेरिकाका लागि राजदूत बन्नुमा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गर्ने प्रयाससँग जोडेर हेरिएको छ । खतिवडाले एमसीसी पारित गर्न निकै जोडबल गरेका थिए । तर, नेकपा भित्र यो विषय विवादमा परेको थियो । अब उनी अमेरिकाका लागि राजदूत बन्नुले यो प्रयासमा थप बल पुग्न सक्छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *