दै’वपनि कति नि’ष्ठुरी: पोखरामा जन्मने बितिकै एक शिशुमा को’रोना देखियो !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरामा – पोखरामा २० घण्टाको नवजात शिशुमा को’रोना सं’क्रमण पुष्टि भएको छ ।पोखरा महागनर पालिका ४ का शिशुमा को’रोना सं’क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।उनका अनुसार शिशुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको एनआइसियुमा भर्ना गरिएको छ ।

निर्देशनालयले बुधबार दुई वटा विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशमा थप ३३ जनामा को’रोना सं’क्रमण पुष्टि भएको जनाएको छ ।

निर्देशनालयका अनुसार बुधबार थपिएका सहित प्रदेशमा जम्मा सं’क्रमितको संख्या तीन हजार आठ सय ६६ पुगेको छ । सं’क्रमितमध्ये प्रदेशमा अहिलेसम्म दुई हजार सात सय ३५ जना भने निको भइसकेका छन् । हाल सक्रिय सं’क्रमितको संख्या एक हजार ९८ छ ।प्रदेशमा अहिलेसम्म ६८ हजार नौ सय ७५ जनाको पिसिआर विधिबाट परीक्षण भइसकेको छ । कोरोना सं’क्रम’णका कारण अहिलेसम्म यहाँ ३३ जनाले ज्यान गु’माएका छन् ।

 


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *