ट्रकभित्र गाडी पस्दा ६ जनाको घटनास्थलमै मृत्यू, ४ जनाको अबस्था गम्भिर

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी : गाडी अनियन्त्रीत भएर ट्रकलाई ठ’क्क’र दि’एपछि एक गाडीमा सवार ६ जनाको घटनास्थलमै मृत्यू भएको छ । छिमेकी देश भारतको राजस्थानको जयपुरस्थित रहेको चाकसुमा सो दुर्घटना भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । वाईपास रोडमा ईको भ्यानको ट्रलीमा स्कोरपियो पसेपछि सो दुर्घटना भएको हो ।

सो दुर्घटनामा परी सोही ठाउँमै ६ जनाको मृत्यू भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । सोही गाडीमा सवार १० जनामध्ये ६ जनाको मृत्यू भएको तथा अन्य ४ जना गम्भिर घाईते भएका छन् । उनीहरुको उपचार नजिकको अस्पतालमा भइरहेको छ ।

जानकारी अनुसार मृतक सबै राजस्थापनको टिचर्स इलिजिविलिटी टेष्ट (आरईईटी) को परीक्षाको लागि बाराँदेखि सीकर गइरहेको थियो । गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीलाई उदृत गर्दै भारतीय सँचारमध्यमहरुले समाचार प्रकाशित गरेको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *