ओरकेष्ट्रामा युवकले युवतिलाई स्टेजमै लामो चुम्मा लिएपछि…

धर्म/संस्कृति समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

हिन्दु धर्मावलम्बीहरुको विभिन्न चाडपर्व तथा मेलाहरुमा अहिले साँस्कृतिक कार्यक्रमको नाममा अश्लिल ओरकेष्ट्रा नचाउने कार्य अझै रोकिएको छैनन् ।

सोही क्रममा प्रदेश नम्बर २ को विभिन्न जिल्लाहरुमा साँस्कृति कार्यक्रमको नाममा नचाइने महिला नर्तकी (ओरकेष्ट्रा) मा अश्लिल हर्कतहरु अझै रोकिएको छैनन् ।

नाचगान गर्ने क्रममा अश्लिल हर्कत, अश्लिल गीत, अश्लिल नृत्य, अश्लिल ईसारा गर्ने गरेको कारण नै विभिन्न ठाउँमा घटना हुँदै आएको समाचार सुनिन्छन् । प्रशासनले यसलाई निषेध गरिएपनि ओरकेष्ट्रा रोकिएको छैनन् ।

यसै क्रममा अहिले समाजिक सँजाल टिकटकमा एक भिडियो निकै भाइरल बनेको छ । टिकटकमा प्रकाशित गरिएको एक भिडियोमा स्टेजमै नृत्य गर्ने युवतिलाई सोही सँगै नृत्य गर्ने युवकले लामो चुम्बन गरेको देखिन्छन् ।

त्यस्तो हर्कत सार्वजनिक स्थलमा गरेपछि कानुनी कारवाही हुने व्यवस्था छ । तराई मधेशमा झन यस्तो अश्लिल हर्कत अस्वभाविक मानिन्छन् । तर ओरकेष्ट्राको नाममा नृत्यको लागि भारतबाट बोलाइने युवा युवतिहरुले यहाँको सँस्कृति उपर मात्र प्रहार गर्दैनन लज्जास्पद नृत्य गर्दा पनि यही समाज हेर्न बाध्य भएका छन् ।
भारतबाट आउने ओरकेष्ट्रामा केही हदसम्म अश्लिलता निर्मूल भएपनि हालका टिकटकरहरुले त झनै गन्हाएको हेर्न सकिन्छ । महोत्तरीको रामगोपालपुरका युवकले राखेको एक भिडियोमा युवतिलाई चुम्बन गरेको भिडियो झण्डै १० लाख जनाले हेरेको छ ।

टिकटक बनाउने ती युवक र टिकटक नै बनाउने एक युवती एक स्टेजमा डान्स गर्दा यस्तो हर्कत गरेको देखिन्छन् । प्रायः भारतबाट मगाइने ओरकेष्ट्रा चलिरहँदा स्टेज खाली गराएर मात्र नृत्य गराउने गरिन्छ । तर, टिकटकहरुको अहिलेको दिनचर्या भन्ने ओरकेष्ट्रामा नाच्नसम्म मात्र सिमित भएको छ ।

भारतबाट आउने महिला नर्तकीहरुले केही हदसम्म लज्जा शरम बोध गरेपनि टिकटकमा देखिने केही युवा युवतिहरुले समाजको सबै हदलाई पार गरेको देखिन्छन् । अपलोड गरिएको भिडियोमा भोजपुरी गीतमा नृत्य गर्दै सयौ जना प्रत्यक्ष हेरिरहेको कार्यक्रममा स्टेजमै लामो चुम्बन गरेको देखिन्छन् ।

यसका साथै, ती युवकले सँचालन गरेको युटुब च्यानल निराला राज अफिसियलमा समेत सो भिडियोहरु अपलोड गरिएको छ । जसमा एक भिडियोमा मात्र नभएर कैयौँ भिडियोमा त्यस्तै हेर्ने नसकिने अश्लिल खाले नृत्य गरी अपलोड गरेको छ ।

उनीहरुको नृत्य हेर्नको लागि गाउँका स–साना बच्चाहरु, किशोर किशोरी, युवा युवति, वृद्धवृद्धा हेर्न आउँछन् । बच्चाहरुको मानसिकतामा कस्तो असर पर्लान भनेर ख्यालै नगरी त्यस्ता प्रकारका ओरकेष्ट्रा अझै पनि जारी राखिएको छ ।

धनुषा, महोत्तरी, सिरहामा ओरकेष्ट्रामा प्रतिबन्ध लगाएको छ । तर पनि प्रहरीकै सँरक्षणमा ओरकेष्ट्रा नाच्ने गरिन्छ । कुनै पूजा वा उत्सवमा साँस्कृतिक कार्यक्रमको बैनर लगाएर ओरकेष्ट्रा नचाउने गरिन्छ ।

प्रहरी रोक्न जाँदा स्थानीय केही तथाकथित अगुवाहरुले त्यसको जिम्मेवारी लिन तयार हुन्छन् । प्रहरीलाई रोकेर भएपनि, राजनीतिक पावर लगाएर भएपनि रातभरि ओरकेष्ट्रा नचाउने गरेको देखिएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *