खुल्यो बिद्यालय, बिद्यार्थीको रोल नम्बरमा जोर बिजोर, आज गएका भोलि बिद्यालय जान नपाउने

समाचार सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौं । देशै भरिका शैक्षिक संस्थाहरु सामान्य अवस्थामा फर्कने तयारी गरिरहेका छन् । कोरोनाबाट जोगिएर शैक्षिक कार्यक्रम सुचारु गर्ने उनीहरुको योजना छ । यसैबिच खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ ।
कोरोना भाइरस फैलिन नदिन सरकारले लागू गरेको लक डाउनका कारण रोकिएको पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बमोजिम आइतबारदेखि पठनपाठन शुरु गराएको हो ।गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा सतर्कता अनपाएर विद्यालयको अनुकूलतामा विद्यार्थीको रोल नम्बरमा जोर बिजोर प्रणाली अपनाएर सिकाइ सहजीकरण शुरु गरिएको जनाइएको छ ।

यसबाहेक गाउँपालिकाले जारी गरेको ‘गाउँटोल बस्ती सिकाइ सहजीकरण अभियान कार्यविधि’ अनुसार गाउँटोल बस्तीमा सिकाइ केन्द्र व्यवस्थापन गरी पठनपाठन गर्न सकिने व्यवस्था छ ।विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण लामो समयदेखि घरमा बसेका विद्यार्थी गाउँपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति दिएपछि उत्साहित देखिएका छन् ।

विद्यालय सञ्चालन गरिएपछि कुनै एक जनालाई कोरोना देखिएको अवस्थामा भने अन्यलाई पनि सर्ने ड’र भने देखिएको छयसअघि कोरोना कहरकै बीचमा पनि उक्त गाउँपालिकाले पठनपाठनलाई नियमित गराउने प्रयास गरेको थियो । असार मसान्त बित्दासमेत कोरोनाको असर नघट्दा शैक्षिक क्यालेण्डर नै तलमाथि हुने अवस्था आएपछि गाउँपालिकाले गत साउन ७ गतेदेखि भदौ ३ गतेसम्म गाउँटोलमै शिक्षक पठाएर पठनपाठनको गराएको थियो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *