असोज २० गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने तयारी

राष्टिय
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

असोज २० गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने तयारी

दशैंका लागि सरकारले असोज २० गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले असोज २० गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो । तर विभागको यो प्रस्तावमा व्यवसायीले असन्तुष्टि जनाएका छन् ।

विभागका प्रवक्ताका अनुसार दशैंमा जतिसक्दो छिटो उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको छ ।

विभागले यो वर्ष करिब ५ लाख व्यक्तिले दशैंका लागि उपत्यका छाड्ने अनुमान गरेको छ । गत वर्षका दशैंमा करिब २० लाखले उपत्यका छाड्ने गरेकोमा यो वर्ष यस्तो संख्या करिब ४ भागले कम हुने अनुमान विभागको छ । तर आफूहरुसँग छलफल नै नगरी अग्रिम टिकट बुकिङ खोल्न लागिएको भन्दै व्यवसायीले असन्तुष्टि जनाएका छन् ।

अहिले यात्रुलाई आधा सिटमा मात्रै राखेर दशैंमा घर लान नसकिने भन्दै यस विषयमा सरकारको धारणा स्पष्ट हुनुपर्ने र आफूलाई मारमा पार्न नहुने व्यवसायीको माग छ ।

साथै उनीहरुले जहाजलाई पुरा सिटमा यात्रु राख्न दिने तर यातायात व्यवसायीलाई मारमा पर्ने गरी आधा यात्रु मात्रै राख्ने सरकारी निर्णयको विरोध यथावत रहेको बताएका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *