Breaking News : एकाबिहानै प्रधानमन्त्रीले दिए आफ्नो पदबाट राजिनामा !

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी ११ असोज । लेबनानका प्रधानमन्त्रीले शनिबार नयाँ मन्त्रीमण्डलको गठन गर्ने जिम्मेवारीबाट पछि हट्दै राजिनामाको घोषणा गरेका छन् । लेवनान पछिल्ला दशकहरुमा सबैभन्दा खराब आर्थिक सङ्कटबाट माथि उठाउन सुधारवादी सोचको नयाँ सरकार गठन गर्न प्रधानमन्त्री बनेका मुस्तफा अदीबले नसकेपछि राजिनामाको घोषणा गरेका हुन् । *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**** 

 

लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा अगस्ट ४ मा भएको विशाल विस्फोटमा १९० व्यक्तिको ज्यान गएको थियो भने हजारौं व्यक्ति घाइते भएका थिए ।  अगष्ट ३१ मा चयन भएदेखि नै मुस्तफा अदीबले अरबौं डलरको वैदेशिक सहायतालाई निरन्तरता दिन आवश्यक सुधारहरू गर्न सकेसम्म नयाँ मन्त्रिपरिषद गठन गर्न दबाब रहेको थियो । “म सरकार गठनको कामलाई निरन्तरता दिन नसकेकोमा माफी माग्न चाहन्छु,” अदीबले टेलिभिजन सम्वोधनमा भने । “मैले सुधारवादी नयाँ मन्त्री परिषद्को निर्माणका लागि दिइएको जिम्मेवारीलाई पूरा गर्न असमर्थ भएकोमा लेवबानी जनतासँग माफी माग्न चाहन्छु ,” उनले भने ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *