कृष्णपुर नगरपालिकामा रहेका ट्याक्टर व्यवसायीहरुले नगरपालिका कार्यालय घेराउ गरेका छन। नदीजन्य सामग्री ढुवानी गर्ने ट्रयाक्टरहरुले खोलामा र सडक प्रयोग गरेबापत दुवैको कर तिर्नुपर्ने भन्दै सो को खारेजीका लागी उनीहरूले शुक्रवार ट्याक्टरसहित घेराउ गरेका हुन।
नगरपालिकाले कुनै पनि नागरिक, उद्यमी, व्यवसायी तथा समाजसेवीहरूलाई जानकारी नदिई सडक कर असुल्न ठेक्का दिएकाले सो को खारेजीको माग सहित नगरपालिका घेराउ गरेको व्यापारी पुुष्पराज भट्टले बताए।
‘अन्य स्थानियतहले विगत देखी नै सडक शुल्क लिने गरेका थिए। नगरप्रमुख कर्ण बहादुर हमालले भने,–‘ हामीले यस वर्ष देखी मात्रै सुरुवात गरेका हौ।’
उनले ठेक्का सम्झौता गर्दा पनि मूल्याङ्कनको आधारमा विधि प्रक्रिया पु¥आएर भएको दाबी गरे। शुक्रवार बसेको सरोकारवालाहरूको बैठक भने विना निष्कर्ष टुङगीएको हो। व्यापारीहरूले माग पुरा नहुन्जेल विरोधमा उत्रने बताएका छन्।