वीरगञ्ज। को’रो’नाकै कारण नेपालको ब्यापारीक घरानाका एक परिवारमा ३ जनाको नि’धन भएको छ । वीरगञ्जस्थित हिमाञ्चल केविनकी सञ्चालक ममता राजकर्णिकरको परिवारमा ३ जनाको नि’धन भएको हो । आमा र भाई गुमाएको केही दिनमै ममताको पनि विहिवार दिउसो नि’धन भएको छ ।
लामो समयदेखि काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचाररत रहेकी राजकर्णिकरको विहिवार दिउँसो नि’धन भएको हो ।को’रो’ना पु’ष्टि भएपछि उनको काठमाडौँस्थित ग्राण्डी अस्पतालको अति सघन कक्ष भित्र भेन्टिलेटरमा राखेर उपचार चलिरहेको थियो । वीरगञ्जस्थित क्रेच इन्टरनेसनल स्कुलकी सञ्चालक समेत रहेकी राजकर्णिकर केहि दिनअघि को’रो’नामुक्त भएपनि स्वास्थ्यमा सुधार नआएको कारण उनलाई अस्पतालमै राखिएको थियो ।
उपचारको क्रममा बिहिबार दिउँसो अढाई बजे उनको नि’धन भएको परिवार निकट स्रोतले जनाएको छ ।शुक्रबार काठमाडौँस्थित पशुपतिनाथ आर्यघाटमा उनके अन्त्येष्टि गरिएको छ । राजकर्णिकर वीरगञ्जको विभिन्न संघ संस्थामा समेत आबद्ध रहेकी थिइन ।
उनि उमन स्किल सेन्टर वीरगञ्जको संस्थापक सदस्य र सृजनशिल युवाहरुको संस्था संस्कृतीकी सल्लहाकार समेत रहकी थिइन । यसअघि केहि दिन अगाडी को’रो’नाकै कारण उनका भाई एवम् युवा व्यवसायी विजय राजकर्णिकर र आमा केदार नानि राजकर्णिकरको नि’धन भएको थियो ।