आकाश खस्ला तर माधव नेपालले ओलीसँगको बराबरी हैसियत पाउदैनन् : महासेठ

राजनीति
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसरहको जिम्मेवारी दिने सम्भावना शून्य रहेको दाबी गरेका छन् ।

सोमबार एक कार्यक्रममा बोल्दै उनले माधव कुमार नेपाललाई कुनैपनि हालतमा इक्वेल अध्यक्ष नदिइने दाबी गरेका हुन् । कार्यक्रममा बोल्दै उनले भने, बरु आकाश खस्ला तर पार्टीमा बराबरको दुई अध्यक्ष हुन सक्दैन । हाम्रो पार्टीको विधानले पनि त्यो मिल्दैन ।’

उनले अहिले माधव नेपाललाई अध्यक्ष दिनेगरि पावर सेयरिङमा छलफल भैरहेको भनेर बाहिर चर्चा भएपनि त्यस्तो कुनै सम्भावना नभएको जिकिर गरेका छन् । उनले भने,‘बाहिर चर्चा भएजस्तो अहिले एमालेमा पावर सेयरिङबारे पनि कुनै छलफल भएको छैन् ।’

साथै उनले माधव नेपाललाई एकताका लागि गम्भीर बन्न अनुरोध गरेका छन् । एमालेभित्र पहिला पनि आफुले सबैभन्दा बढि सम्मान र माया गर्नै नेता नेपाललाई नै गरेको र अहिलेपनि उनैलाई उत्तिकै गर्ने उल्लेख गर्दै एताको विकल्प छैन नरहेको बताए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *