मुलुकभर थप ३४२१ जनामा संक्रमण पुष्टि, २५ संक्रमितको मृत्युl

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । पछिल्लो समय नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार २७२ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १२ हजार २४० जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ३९१ जना र ५ हजार ३२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ३८ हजार ९१८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६८६जना कोरोनामुक्त भए, २५ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १हजार ६८६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ४५ हजार ३०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १७ हजार २७२ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३८ लाख ४६ हजार ८४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७३८ पुगेको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *