धनुषा : ३ जना बालिकालाई यौन दूव्र्यवहार गरेको आरोपमा ७७ बर्षीय बृद्ध पक्राउl

समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

धनुषा । बालिकाहरुलाई यौन दूव्र्यवहार गरेको आरोपमा धनुषाको मिथिला नगरपालिका–१० माझी टोलका ७७ बर्षीय थानाप्रसाद भट्टराईलाई प्रहरीले पक्राउ गरेक छ । इलाका प्रहरी कार्यालय ढल्केबरले विहीबार बालिकाहरुलाई यौन दूव्र्यवहार गरेको आरोपमा भट्टलाईलाई पक्राउ गरेको हो ।

उनले गाउँकै ३ जना बालिकालाई एक साथ यौन दूव्र्यवहार गरेकोे स्थानीयले बताएका छन् । यौन दूव्र्यवहारमा परेका बालिकाहरु ७ देखि १० वर्ष उमेर समूहका रहेका छन । स्थानीयका अनुसार बालिकाहरुलाई गोठमा लगेर आरोपित भट्टराईले संवेदनशील अङ्गहरु चलाएर यौन दूव्र्यवहार गर्ने गर्थे ।

यौन दूव्र्यवहार गरेपछि बालिकाहरु रुँदै घर गएर घरका अभिभावकलाई बताएपछि घटना सार्वजनिक भएको हो । बालिकाहरुका आफन्तहरुको अवस्था दयनीय रहेको छ । विपन्नता कारण कतिपयका अभिभावक दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्छन् भने कतिपयका अभिभावक जङ्गलबाट घाँस चौपाया पालेर गुजारा चलाउँदै आएका छन् ।

घटना भएको दिन पनि उक्त बालिकाहरुको अभिभावकहरु कोही मजदुरी त कोही घाँस दाउरा ल्याउन जङ्गल गएका थिए । उक्त बालिकाहरुको घर पनि एकान्त ठाउँमा रहेको छ ।

यौन दूव्र्यवहारमा परेकी बालिकाहरुले आरोपितको आँगनमा रहेको अम्बाको रुखबाट अम्बा टिप्न गएको बेला ‘मैले भनेको मान्छौं भने तिमीहरुलाई धेरै अम्बा दिन्छु’ भनेर नजिकै रहेको गोठमा लगेर तीनै जनाको संवेदनशील अङ्गमा छोएको, सुताएर जीउमाथि चढेको र आफ्नो संवेदनशील अङ्ग शरीरमा रगडेको बयान प्रहरीलाई दिएका छन् ।

यता प्रहरीले आरोपितमाथि बाल यौन दूव्र्यवहारसम्बन्धी मुद्दा दर्ता गरि कारवाही प्रक्रिया अघि बढाएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले बताए ।

उनले शुक्रबार तीनै जना बालिका र आरोपित वृद्धलाई प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षण गराएको र रिपोर्टअनुसार कारबाहीका लागि मुद्दा चलाइने बताए । यसअघि पनि बाल यौन दूव्र्यवहारको घटनामा आरोपित संलग्न रहेको गाउँलेहरूबाट बुझिएको प्रहरी निरीक्षण सुवेदीले जानकारी दिए ।

बाल यौन दूव्र्यवहारमा परेका बालिकाहरुमध्ये एकको आमाबाबूको मानसिक सन्तुलन ठीक नरहेको कारण उक्त वृद्ध घरमै आएर जिस्किने तथा खेल्ने बहाना बनाएर बालिकासँग यौन क्रियाकलाप गर्ने गरेको पीडित बालिकाकबी पिता विरवल माझीले बताए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *