टोटेनहम र मि’लान अ’घिल्लो च’रणमा पुग्न सफल

समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

ऎजेन्सि। इंग्लिस क्लब टोटेनहम हस्टपुर र इटालियन क्लब एसी मिलान युइएफए युरोपा लिगको छनोटको चौथो चरणमा प्रवेश गरेका छन् । बिहीबार राति छनोटको तेस्रो रा’उन्डको खेलमा सफलता आत पार्दै टोटेनहम र मिलान अघिल्लो च’रणमा पुग्न सफल भएका हुन् । टोटेनहमले नर्थ म्यासेडोनियाको केएफ स्केनडियालाई उसकै मै’दानमा ३–१ को जित निकाल्दै अ’घिल्लो चरणको यात्रा तय गरेको हो । टोटेनहमको जितमा इरिक लमेला, ह्युङ मिन सन र ह्यारी केनले गोल गरे ।

घरेलु टोलीका भाल्मिर नाफिउले सान्त्वना गोल फर्काए । टो इ प्रोइक्सी एरिनामा खेलको पाँचौ मिनेटमा नै टोटेनहमले इरिक लमेलाको गोलबाट अग्रता लिएको थियो । कसैको निगरानीमा नरहेका लमेलाले ह्युङ मिन सनको पासलाई सदुपयोग गरेका थिए । ५५औं मिनेटमा घरेलु टोलीका भाल्मिरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७०औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई पुनः २–१ को अग्रता दिलाए । ७९औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई ३–१ को जित दिलाए ।

अब टोटेनहमले प्ल अफमा मक्कावीसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै अर्काे खेलमा एसी मिलानले नर्वेजियन क्लब बोडो ग्लिम्टमाथि ३–२ को पूनरागमन जित निकाल्दै चौथो राउन्डमा प्रवेश गरेको छ । घरेलु मैदानमा मिलानको जितमा हकान कलहानोग्लुले दुई तथा लोरेन्जो कोलोम्वोले एक गोल गरे बोडो ग्लिम्टका कस्पर जंकर र जेन्स हाउजले गोल गरेपनि हार टार्न सकेन । मिलानो इटालीमा बिहीबार राति भएको खेलमा बोडो ग्लिम्टले क स्परको गोलबाट घरेलु टोलीवि’रुद्ध खेलको १५औं मिनेटमा अग्रता लिएको थियो । तर, त्यो अग्रता एक मिनेट पनि टिकेन ।

१६औं मिनेटमा हकानले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ३२औं मिनेटमा लोरेन्जोले गोल गरेपछि मिलानले पहिलो हाफमा २–१ को अग्रता लियो । ५०औं मिनेटमा हकानले व्यक्तिगत दोस्रो गोल गरेपछि मिलानले खेलमा ३–१ को अग्रता लिन सफल भयो । ५५औं मिनेटमा बोडो ग्लिम्टका जेन्स हाउजले गोल गर्दै खेलमा फर्कने संकेत दिएपनि त्यसपछि थप गोल निस्कन नसक्दा मिलान ३–२ ले विजयी भयो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *