ने’पालमा बि’द्याल’यहरु खु’ल्न था’ले

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कोरोना भाइरस (कोभिड–१९) ले प्रभावित पारेको क्षेत्रमध्ये शिक्षा पनि हो। विद्यार्थीहरु चैत्र देखि विद्यालय जानबाट बञ्चित भई घरमै बस्न बाध्य छन्। विद्यालयको हकमा बैशाख देखि नयाँ शैक्षिक सत्र सुरु हुने भएपनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत चैत्र पहिलो साता नै नयाँ शैक्षिक सत्रको भर्ना नलिन आग्रह गरेको थियो। त्यसको दुई महिनापछि जेठ १८ गते कोरोना भाइरसका कारण बन्द रहेका विद्यालयको नियमित पठन पाठन सूचारु गर्न मन्त्रालयले बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजिकरण निर्देशीका २०७७ जारी गरेको थियो। सोहि आधारमा गत असार १ गतेदेखि बैकल्पिक सिकाई सञ्चालन भएको भयो।

बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजिकरण कार्यक्रमलाई आधार मान्दै मन्त्रालयले भदौ १९ गते विद्यार्थी सिकाई सहजिकरण निर्देशिका २०७७ स्वीकृत गरेको छ। शिक्षण सिकाई कार्यलाई निरन्तर, प्रभावकारी र व्यवस्थित गर्न स्वीकृत भएको निर्देशिकामा असोज १ गतेबाट विद्यार्थीको सिकाई सहजिकरण गर्न गराउन संघ प्रदेश र स्थानीय तहका सबै निकाय र सरोकारवालाहरुलाई मन्त्रालयले अनुरोध गरेको थियो।

मोरङमा सामाजिक दूरी कायम गरी विद्यालय खुल्न थालेका छन्। केराबारीमा बुद्ध माध्यमिक विद्यालयले सामाजिक दूरी कायम गरी पठनपाठन सुरु गरेको हो। न्यूनतम संख्यामा विद्यार्थी सहभागी गराइ विद्यालय सञ्चालन गरिएको छ।

कक्षाका विद्यार्थीलाई दुई वटा कोठामा राखी पढाउन थालिएको बुद्ध माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भुपालमान कार्की बताउँछन्।

‘विद्यालयको मुख्य प्रवेश द्वारमा स्यानिटाइजर राखिएको छ,’ उनले भने,’ सबैले मास्कको प्रयोग गरेका छन्। फेस सिल पनि लगाउने गरेका छन्।’

कक्षा तीनदेखि दशसम्मको विद्यार्थी पठनपाठनको लागि जान थालेका छन्। एउटा कक्षाको विद्यार्थी सातामा दुई पटक आउने गरेका छन्। दुई दिन आएर पाँच दिनको गृहकार्य लिएर जाने गरेको उनले जानकारी दिए। उनकाअनुसार एक र दुई कक्षाका बालबालिकालाई विभिन्न टोलमा गएर बाल विकासका शिक्षिका हरुले पढाउने गरेका छन्।

विद्यालयमा कुल विद्यार्थीको संख्या ४ सय ५० रहेका छन्। धेरै विद्यार्थीलाई नियमित पढाइ सञ्चालन भएको जानकारी नपाएका ले पनि विद्यार्थीको कम संख्या उपस्थित भइरहेको उनले बताए। नियमित पठनपाठनको लागि निश्चित दैनिक तालिका बनाएपछि कक्षा सञ्चालन गर्न सहज हुने उनले प्रस्ट पारे।

विद्यार्थीको लामो समयसम्म पढन नपाउँदा बाहिर अनावश्यक क्रियाकलापमा सहभागी हुन थालेकोले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको उनले जानकारी दिए। ‘खोलामा माछा मारेको भेटिने, पढन बिर्से ला जस्तो भइसकेकाले पनि अभिभावक र सम्पूर्ण शिक्षकसँग सल्लाह गरी विद्यालय सञ्चालन गरेका हौ,’ उनले भने।

दैलेख, ओखलढुंगा बाग्लुङ्ग, गोरखा लगायत देशका विभिन्न जिल्लाहरुमा विद्यालयका खुलेका समाचारहरु प्राप्त भएका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *