थप २२९७ जनामा संक्रमण पुष्टि, ३१३० संक्रमणमुक्त

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख २२ हजार ६४० जना तथा एन्टिजेन विधिबाट २७ हजार ३०८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा थप ३१३० जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ५ लाख ५९ हजार ९२८ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९.९ प्रतिशत रहेको छ ।हाल नेपालमा ५३ हजार ९४० जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ५० हजार ३०४ जना होम आइसोलेसनमा, ३ हजार ६३६ जना संस्थागत आइसोलेसनमा, ८११ जना आईसीयू तथा २३७ जना भेन्टिलेटरमा रहेका छन् ।

यही अवधिमा थप ४६ जनाले कोभिड–१९ को संक्रमणबाछ ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ८ हजार ७७२ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु दर १.५ प्रतिशत रहेको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *